Logo

पराजयको दोष देउवाको मात्र होइन, सबैले जिम्मा लिनु पर्छ : शशांक



काठमाडौं २६ मंसिर । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टी पराजयको जिम्मेवारी सबैले लिनुपर्ने बताएका छन् । उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित हुनुको दोष सभापति शेरबहादुर देउवालाई मात्र लगाउन नहुने बताएका हुन् ।

कावासोतीमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले पार्टी पराजयको अपजस कुनै एक व्यक्तिलाई दिनुभन्दा अब पार्टीलाई पुनर्जीवन दिन सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए । उनले संसदमा बलियो प्रतिपक्षीको भूमिकामा रहने र पार्टीभित्रको सबै असन्तुष्टि समाधान गरिने प्रतिबद्धता व्यक्त गरे । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्