Logo

समानुपातिकमा कांग्रेसलाई उत्साहजनक मत



काठमाडौं २६ मंसिर । मंगलबार बिहानसम्म समानुपातिकतर्फ २५ लाख ४७ हजार ७ सय ६७ मत गणना भएको छ। समानुपातिकमा पनि प्रत्यक्षतर्फ धेरै सिट जितेको एमालेले अग्रता लिएको छ। अहिलेसम्म एमालेले ९ लाख ३५ हजार २ पाएको छ। कांग्रेसले एमालेलाई पछ्याइरहेको छ। कांग्रेसले अहिलेसम्म ८ लाख ७७ हजार ७ सय ७० मत पाएको छ।

तेस्रो स्थानमा रहेको माओवादीको मत ३ लाख ८५ हजार ३ सय छ। ६४ हजार ८६ मतसहित संघीय समाजवादी फोरम चौथो स्थानमा छ। पहिलो पटक संसदीय चुनावमा भाग लिएको विवेकशील साझा पार्टीले ५३ हजार २८ मत पाएको छ। यो २ प्रतिशतभन्दा अलिकति बढी हो।

राप्रपा ४८ हजार ३ सय ७६ मतसहित छैठौं स्थानमा छ। उसले पाएको मत १‍।९ प्रतिशत हुन्छ।मधेसकेन्द्रीत दल राजपाको मत ४२ हजार ४ सय ८४ छ भने नयाँ शक्तिको मत ३१ हजार ५५ छ। समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत भोट ल्याउने दलले सांसद पठाउन सक्छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot