Logo

आगलागीबाट १ करोडको धनमाल नष्ट



काठमाडौँ, २६ मंसिर । टोखा नगरपालिका–८ बानियाँटारमा राजकुमार राचलको फर्निचर उद्योगमा आज बिहान आगलागी हुँदा रू एक करोड बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बिहान ४ बजे विद्युत् चुहिएर लागेको आगो स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा दमकलको सहयोगमा बिहान ८ बजे नियन्त्रणमा लिइएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक प्रकाशबहादुर रावतले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्