Logo

सबै नगरपालिकामा एकीकृत सम्पत्ति कर लागू गरिने



काठमाडौं २७ मंसिर । सरकारले मुलुकभरका सबै नगरपालिकामा एकीकृत सम्पत्ति कर लागू गर्ने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत मुलुकभरका दुई सय ९३ नगरपालिकामा आगामी आर्थिक वर्षदेखि यो कर लागू गर्न लागिएको हो ।

स्थानीय निकायमा ५८ नगरपालिका हुँदा स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुसार एकीकृत सम्पत्ति कर लागू गर्ने भनिए पनि ४८ वटा नगरपालिकाले मात्र लागू गरेका छन् ।

ऐन लागू भएसँगै २०५६ सालदेखि धरान र इटहरी नगरपालिकाले यो कर कार्यान्वयन गरे पनि हालसम्म मुलुककै ठूला र उपत्यकाभित्रका काठमाडौं, ललितपुर, भक्तपुर लगायत १० पुराना नगरपालिकाले अझैसम्म घरजग्गा करमात्र लगाउँदै आएका छन् ।

नयाँ नगरपालिकामध्ये करिब ५० वटाले एकीकृत सम्पत्ति कर संकलन गर्न थालेका छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot