Logo

गुल्मीमा समानुपातिक तर्फ एमाले पहिलो



cpn-uml-1

कौरव खत्रीः गुल्मी २६ मंसिर । गुल्मीमा समानुपातिक तर्फको मत गणना सम्पन्न भएको छ । समानुपातिक तर्फ नेकपा एमालेले कुल ६० हजार, ६२ मत ल्याएर पहिलो दल बनेको छ । त्यस्तै नेपाली काँग्रेसले ४५ हजार, ५ सय, ४४ मत ल्याएर दोश्रो दल भएको छ भने माओवादीले ९ हजार, ३ सय, ८० मत ल्याएर तेश्रो दल भएको छ ।

क्षेत्र नम्बर १ मा एमालेले ३१ हजार, ६ सय, ३७ मत ल्याएको छ । नेपाली काँग्रेसले २७ हजार, २ सय, ८८ मत ल्याएको छ । माओवादीले ५ हजार,२ सय,४४ मत ल्याएको छ भने क्षेत्र नम्बर १ को चौथो शक्तिको रुपमा विवेकशील साझा पार्टी बनेको छ । विवेकशीलले ११ सय,४४ मत ल्याएको छ ।भने ११ सय ४४ मत ल्याएर राष्ट्रिय जनमोर्चा पाँचौ स्थानमा आइपुगेको छ ।

२ निर्वाचन क्षेत्र रहेको गुल्मीमा ४ प्रदेश सभा क्षेत्रमा प्रत्यक्ष तर्फ सबै सिटमा बामगठबन्धनले नै जितेको थियो । भने समानुपातिकमा पनि बाम गठबन्धन अग्र स्थानमा रहेको छ । जिल्लाबाट समानुपातिकमा पहिलो एमाले नेपाली काँगे्रस दोश्रो र माओवादी तेश्रो बनेको छ ।

त्यस्तै क्षेत्र नम्बर २ मा एमालेले २८ हजार, ४ सय, २५ मत ल्याएको छ । भने नेपाली काँगे्रसले १८ हजार,२सय,५६ मत ल्याएको छ । त्यस्तै माओवादीले ४ हजार,१ सय,३६ मत ल्याएको छ । चौथो भएको विवेकशील साझा पार्टीले ८ सय,४४ मत प्राप्त गरेको छ । गुल्मीमा ६५ दशमलव४६ प्रतिशत खसेको मत खसेको थियो ।

गुल्मी क्षेत्र नं। १ मा १ लाख,९६ हजार,३ सय,३७ कुल मतदाता रहेका छन् ।भने क्षेत्र नं।१बाट कुल मतदातामध्ये ७० हजार,६ सय,५० मत खसेको थियो । यस्तै क्षेत्र नं। २ मा ९० हजार,९ सय, १४ जना मतदाता रहेका छन् । जसमध्ये ५८ हजार,८९मत खसेको मूख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्