Logo

कालिकोटमा समानुपातिक तर्फ माओवादी केन्द्र पहिलो



कालीकोट, २७ मंसिर । कालिकोटमा समानुपातिक तर्फ माओवादी केन्द्रले सबैभन्दा बढी मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा ११ हजार ४८० मत ल्याएको छ भने नेकपा एमालेले १० हजार ९७८, नेपाली काँग्रेसले छ हजार ५०३, राप्रपा दुई हजार ८५१ र राप्रपा प्रजातान्त्रिक एक हजार ६४० मत ल्याएको छ।

प्रदेशसभा क मा नेकपा माओवादी केन्द्रको चार हजार ७९७, एमाले चार हजार ६०० र नेपाली काँग्रेसलाई एक हजार ५६० मत प्राप्त भएको बताए

त्यसैगरी, प्रदेशसभा क्षेत्र ख मा माओवादी केन्द्रले ६ हजार १८, एमाले ५ हजार ४३९ र काँग्रेसले ४ हजार ५७० मत प्राप्त गरेका छन् । कालीकोटमा समानुपातिकतर्फ ४२ हजार ७४० मत खसेको थियो ।



प्रतिक्रिया दिनुहोस्