Logo

जनतासँग गरिएका वाचा पूरा गर्नेछः नेता नेम्वाङ



इलाम, २७ मंसिर । नेकपा एमालेका नेता एंव इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङले वाम गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्ने बताउनुभएको छ ।

मतदातालाई धन्यवादज्ञापन गर्न आज इलामको फाकफोकथुम गाउँपालिकास्थित कोल्बोटेमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “हामी जनतासँग निर्वाचनपूर्व गरिएका वाचा पूरा गर्छौं, जनतालाई आश्वासन होइन, विकास दिन्छौँ ।”

“तपाईंहरूको अपार माया र विश्वासले हामीले निर्वाचन जितेका हौँ, तपाईंहरूले विकास चाहनुभएको छ, हामी त्यो पूरा गरेरै छाड्छौँ”, नेता नेम्वाङले भन्नुभयो ।

उहाँले इलामको २ नं क्षेत्र कर्णाली जस्तै अविकसित छ, यहाँ विकास निर्माण गरेर सुन्दर बनाउने जिम्मा पाएका छौँ, विकास र समृद्धि यस क्षेत्रको आवश्यकता हो भन्दै राष्ट्रलाई आर्थिक समृद्धिको दिशातर्फ उन्मुख गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

इलाम क्षेत्र नं २ ख का प्रदेशसभा सदस्य धीरेन्द्र शर्मा ९रमण०ले जनताले चाहेको आर्थिक र समृद्धिको शुरुवात गरिने बताउँदै विकास पूर्वाधारलाई पहिलो प्राथमिकता राखिने धारणा व्यक्त गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot