Logo

कुन कुन क्षेत्रबाट विजयी भए २२ महिला ? (सूची)



काठमाडौं २८ मंसिर ।प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा बुधबारसम्म प्राप्त नतिजाअनुसार २३ जना महिला निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार बनेका छ जना र प्रदेशसभा सदस्यतर्फ १७ महिला विजयी हुनुभएको हो ।

वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रबाटपम्फा भुसाल, कमला रोका र बीना मगर तथा नेकपा (एमाले)बाट पवित्रा निरौला खरेल, पद्माकुमारी अर्याल र दुर्गा पौडेलप्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ ।

नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवार बन्नुभएका सात जना महिलामध्ये कोही पनि विजयी हुन सक्नुभएन । प्रदेशसभा सदस्यमा १३ महिला विजयी हुनुभयो । काठमाडौँ क्षेत्र नम्बर ८ ‘ख’का प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यपाँच हजार १६९ मत ल्याई विजयी हुनुभयो । गोरखापत्रमा खबर छ ।

-म्याग्दीको प्रदेशसभा ‘ख’बाट नेकपा (एमाले)बाट उम्मेदवार बनेकी नरदेवी पुनमगर १० हजार ८६८ मत ल्याएर विजयी हुनुभएको छ ।
-बझाङ प्रदेशसभा ‘ख’बाट माओवादी केन्द्रका उम्मेदवार देवकी मल्ल थापा १६ हजार ७४३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
-मकवानपुर १ ‘क’ प्रदेशसभामा माओवादी केन्द्रका उम्मेदवार कुमारी मोक्तान २७ हजार १३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

-काठमाडौंँ १० ‘ख’बाट एमालेका रमा आलेमगर नौ हजार ९०३ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
-उदयपुर २ ‘ख’ प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार कला घले १३ हजार ४५९ मत ल्याएर विजयी हुनुभएको छ ।
-नुुवाकोटको प्रदेशसभा १ ‘क’मा राधिका तामाङ १८ हजार १३७ मत ल्याएर विजयी हुनुभएको छ ।

-ललितपुर १ ‘क’को प्रदेशसभा सदस्यमा लालकुमारी पुन १२ हजार ८४१ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
-तनहुँ २ ‘क’बाट प्रदेशसभा सदस्यमा आशा कोइराला झिनो मतान्तरले विजयी हुनुभएको छ ।
-बारा ३ ‘क’बाट माओवादी केन्द्रका ज्वाला साह प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

-महोत्तरी १ ‘क’ बाट प्रदेशसभामा नेकपा (एमाले)बाट वाम गठबन्धनका उम्मेदवार शारदा थापा १० हजार २८२ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
-सर्लाही १ ‘ख’बाट वाम गठबन्धनका बेची लुङ्गेली १५ हजार ३६३ मत ल्याई विजयी हुनुभएको छ ।
-बाँके १ ‘ख’मा वाम गठबन्धनबाट नेकपा (एमाले)की नेता आरती पौडेलविजयी हुनुभएको छ ।

-महोत्तरी २ ‘ख’ मा राष्ट्रिय जनता पार्टी (राजपा)का सुरिताकुमारी साहले १५ हजार ४४० मत ल्याएर जित आफ्नो पक्षमा पार्नुभयो ।
-महोत्तरी ३ ‘ख’मा राजपाकै रानी तिवारीसात हजार ४३० मत ल्याएर विजयी हुनुभएको छ ।
-इलाम १ ‘क’मा वाम गठबन्धनबाट एमालेका लिखुलिनङ्वा लिम्बूले १८ हजार ६८६ मत ल्याएर जित आफ्नो पक्षमा पार्नुभयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot