Logo

डेजाभु नाइट क्लबका सञ्चालकसहित ८ जनालाई पक्राउ



काठमाडौं, २९ मंसिर । प्रहरीले काठमाण्डौको दरबारमार्गस्थित डेजाभु नाइट क्लबका सञ्चालकसहित ८ जनालाई पक्राउ गरेको छ । विश्व चर्चित डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट विक्री गरेको सो नाइट क्लबमा बुधबार राती उपस्थित दर्शकहरुले तोडफोड गरेका थिए ।

सो घटना भएको भोलिपल्टै प्रहरीले क्लबका सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा क्लबका सञ्चालक जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, पृथु बास्कोटा, राजीव महर्जन, आकाश न्यौपाने र रितेश माडवाडी रहेका छन् । उनीहरुलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको जनाइएको छ ।

क्लबले बुधबार राती मार्समेलोको उपस्थितिमा कार्यक्रम गर्ने उद्घोष गर्दै आर्थिक संकलन गरेको थियो । तर मार्समेलो कार्यक्रममा उपस्थित हुन नसकेको क्लबले घोषणा गरेलगत्तै उपस्थित दर्शकहरुले तोडफोड गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot