Logo

मुना र रेशमको स्वरमा बन्यो बिश्वकै लामो गीत (भिडियो सहित)



काठमाडौं, २९ मंसिर । नेपाली गीत संगीतमा दर्शक श्रोता हरुलाई नया – नया स्वाद अनि फरक मनोरञ्जन दिने क्रममा २०७२ को बिनाशकारि भुकम्पको सम्झनामा विश्वकै लामो गीत निर्माण भएको छ ।

तरेली संगीत कुन्जको प्रस्तुति एव लोकगायक तथा सर्जक ओम बहादुर जिसिको लेखनमा तयार भएको यो गीत १ घण्टा भन्दा बढि रहेको छ । रेशम सापकोटा र मुना थापा मगरको आवाज रहेको यो गीतमा संगीत रेशम सापकोटाको रहेको छ । वर्ल्ड कभर मिडियाले तयार पारेको भिडियोलाई रेशम सापकोटाले निर्देशन गर्नु भएको छ भने छायांकन तथा सम्पादन बिरेन्द्र भाट बिपिनले गरेका हुन् ।

निर्माता ओम बहादुर जिसिले गर्नु भएको भिडियोमा रेशम थापा ,डोमा लामा ,गोरन चौधरी ,मनीषा राइ ,रोशनी सापकोटा ,सुरेश साही ,झलक संगीतम ,प्रकाश दीप गैरे ,शुशीला कट्टेल ,धुर्ब पुन मगर ,पबित्रा रिजाल ,सुशीला थापा ,रक्षा बास्तोला ,कबिता गौतम ,मणि राई ,उमाकान्त सापकोटा ,सबनम सिलवाल ,सरस्वती पोखरेल ,उज्वल शर्मा आदिको अभिनय रहेको छ।उक्त भिडियो वर्ल्ड कभर मिडियाले आफ्नै च्यानल मार्फत बजारमा ल्याएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot