Logo

हिन्दुधर्मको संरक्षण गर्नु राज्यको दायित्व होः महासचिव शाही



काठमाडौं, १ पुस । नेपाल तरुण दल महासचिव भुपेनद्रजंग शाहीले हिन्दु धर्म आस्था र धरोहर दुवै भएको टिप्पणी गरेका छन् । जन जागरण नेपालले कालिकोटको सदमुकाम मान्ममा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव शाहीले यस्तो बताएका हुन ।

उनले भने, ‘ मानिसलाई अनुसासित बनाउँन धर्म चाहिन्छ, विश्वको एक मात्र देश हो जहाँ अनेकन धर्महरुको उर्वर भूमी हो, यसैमा पनि हामी नेपालीहरुको पहिचान भने हिन्दु धर्म हो हाम्रो सस्कार हो, हिन्दु धर्मको संरक्षण र सम्बर्द्धन गर्नमा सबैलाई जुट्न आग्रह गर्दछु, यसो भन्दै गर्दा अरु धर्मलाई वायस गरेको होईन, अरु धर्मले आफ्नो कतव्र्य बहन गर्छन हामीले आफ्नो धर्मको रक्षा र संरक्षण हामीले नै गर्नुपर्छ।’

काँग्रेस यूवा नेता शाहीले धर्मले अनुसासन र नैतिकताको पाठ सिकाउने जिकिर गरे । नेपाललाई हिन्दुराज्य घाृषणा गर्ने बारे उनले भने,‘अधिकाङ्स नेपालीहरुको चाहना अनुसार नेपाललाई हिन्दु धर्म घोषणा गर्ने छ यस बिषयमा म पार्टी भित्र छलफल गर्छु ।’



प्रतिक्रिया दिनुहोस्