Logo

रामघाटमा पार्क शिलान्यास



पोखरा, २ पुस । पोखरा–लेखनाथ महानगरपालिका–११ रामघाटमा आकर्षक पार्क निर्माण शुरु गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पश्चिमतर्पmको सात रोपनी खाली जग्गामा अन्तर समाज महासंघ समिति नेपालको सक्रियतामा रु ४० लाखको लागतमा पार्क निर्माण गर्न लागिएको हो ।

इन्टरनेट जडित फ्रि–वाइफाईसहित खानेपानी तथा शौचालय, दुबो र पूmलका बिरुवा पार्कमा रोपिने संस्थाका अध्यक्ष दीपेन्द्र राईले जानकारी दिनुभयो ।

पार्कभित्र ४५ वटा बेञ्च र छातासहितको बस्ने चौतारी पनि बनाइनेछ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शनिबार एक कार्यक्रमबीच शिलान्यास गर्दै पार्क निर्माणमा महानगरपालिकाले पनि सहयोग गर्ने बताउनुभयो ।

शारीरिक अशक्त विकलाई उपचारका लागि रु २१ हजार सहयोग प्राइम बहुउद्देश्यीय सहकारी संस्था लि गैह्रापाटन पोखराले शारीरिक अशक्त बोमबहादुर विकलाई नगद रु १० हजार ७० आर्थिक सहयोग गरेको छ ।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका– ८ निवासी बोमबहादुर विक पोखरास्थित हरियोखर्क अस्पतालमा उपचाररत छन् । आर्थिक अवस्था निकै कमजोर रहेका विकको कृत्रिम खुट्टा राख्ने तयारी भइरहेकाले उपचारमा थोरै भए पनि सहयोग पु¥याउने उद्देश्यले सहयोग गरिएको सहकारीका सचिव सुरेन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

सहकारीका अध्यक्ष निदेशप्रसाद कोइरालाले शनिबार एक कार्यक्रमकाबीच विकलाई नगद हस्तान्तरण गर्नुभयो । यसैबीच बिरामी विकलाई अर्घाखाँची सम्पर्क समाज पोखराले पनि रु ११ हजार १११ सहयोग गरेको समाजका अध्यक्ष कृष्ण पाण्डेले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्