Logo

एमालेसँगको एकतामा माओवादी केन्द्रको सर्त, आज बैठक



काठमाडौं ३ पुस । नेकपा माओवादी केन्द्रले सम्मानजनक हैसियतमा मात्रै पार्टी एकता गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पार्टीएकतासहितको भावी कार्यदिशा बारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्दैछ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुदागत प्रतिवेदन पेश गर्नेछन् । प्रतिवेदनमा पार्टी एकत मओवादीले पाउने हैसियतका विषयमा उल्लेख रहेका एक नेताले जानकारी दिए ।

मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालयको बैठक बोलाएको हो । प्रवक्ता पम्फा भुसालका अनुसार बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएपछिको अवस्था, पार्टी एकता र पार्टीको समग्र अवस्थाको विषयमा छलफल गर्ने कार्यसूची रहेकोछ ।

यस्तै नयाँ जनादेश प्राप्त भइसकेपछि पनि सरकारले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त नगरिरहेको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत बैठकमा छलफल हुनेछ । सरकार गठन, पार्टी एकता, प्रदेश सरकार तथा अन्य तत्कालीन राजनीतिक विषयमा समेत बैठक छलफल केन्द्रित हुने भूषाले जानकारी दिनुभयो । वाम गठबन्धनको पक्षमा जनताले आफ्नो विश्वाससहितको मत दिएको भन्दै माओवादी केन्द्रले भावी कार्यदिशा र मुलुकको पछिल्लो राजनीतिक अवस्था बारे ठोस धारणा बनाउनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot