Logo

नेता आउट भएपनि कांग्रेसबाट सांसद बन्ने भाग्यमानी उद्योगी



काठमाडौं ३ पुस । समानुपातिकबाट यसपटक दलहरुले सोचभन्दा कम पुरुषलाई सहभागि गराउनु पर्ने भएको छ । दलहरुले सूचीमा बुझाएका नाममा अब सांसद बनाउन सकस देखिएको छ । नेपाली कांग्रेसमा सूचीमा रहेका उद्योगपतिलाई सांसद बनाउन समस्या देखिएको छ । ६ जना समानुपातिको सूचीमा सिफारिस भएका छन् । ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउनैपर्ने संवैधानिक बाध्यताका कारण उसले समानुपातिकतर्फ अधिकांश महिलालाई सांसद बनाउनुपर्ने भएको हो ।

दुवै चुनावी प्रणालीबाट ६३ सिट जितेको कांग्रेसबाट समानुपातिकबाट भने आधाजसो पुरुष उम्मेदवारले सांसद बन्ने मौका पाउने भएका छन् । उसले समानुपातिकबाट २१ महिला र १९ पुरुषलाई सांसद बनाउन पाउने भएको छ । १८ जना पुरुषमा पार्टीका नेताहरु पनि रहेकाले छनौटमा समस्या देखिएको छ । उद्योगपति विनोद चौधरी, दीपमणी राजभण्डारी, उमेश श्रेष्ठ, देवी भट्टचन्द, कर्मा घले, सूर्यबहादुर केसी र आनन्दराम मुल्मी गरि सात जना उद्योगपतिलई सूचीमा राखेको छ । ७ जना नै सांसद बन्ने देखिएको छ ।

जनजाती, मधेसी, खस आर्यको कोटाबाट ल्याउने गरि नेताहरुबीच छलफल भइरहेको छ । उमेश श्रेष्ठलाई सभापति शेरबहादुर देउवा, दीपमणी राजभण्डारीलाई रामचन्द्र पौडेल, डा रामशरण महतले साथ दिएका छन । चौधरी सर्वसम्मत नामका रुपमा रहेका छन् । अरु उद्योगीका विषयमा पनि नेताहरु सकारात्मक रहेकाले सबै जना अटाउने देखिएको एक नेताले जानकारी दिए ।

यी हुन् सूचीमा परेका नाम

सीतादेवी यादव, चित्रलेखा यादव, बालकृष्ण खाँण, दिलेन्द्रप्रसाद बडू, सुजाता कोइराला, सत्यनारायण खनाल, सूर्यबहादुर केसी, मोहनप्रसाद पाण्डे, अनन्तराम भट्ट, पुष्पा भुसाल गौतम, मानबहादुर विश्वकर्मा, किशोरसिंह राठोर, डिला संग्रौला, बहादुरसिंह लामा, सुजाता परियार, मीनबहादुर विश्वकर्मा, पार्वता डिसी चौधरी, मञ्जु खाँण, शिला शर्मा खड्का, दिलीप सापकोटा, वसन्त भट्टराई, प्रेमबहादुर खड्का, जयपति रोकाय, रामबहादुर बस्नेत, उत्तरबहादुर ऐर, खिमप्रसाद भुसाल, रामबहादुर विष्ट, गोविन्दबहादुर मल्ल, हरि अधिकारी, मीना पाण्डे, उमा रेग्मी, कल्याणी रिजाल, मालती सोडारी, गोमा केसी, रगमती शाही, विद्यादेवी तिमल्सिना, मैना कार्की, दीपशिखा शर्मा, रुक्मिणीदेवी कोइराला, कुमारी राजु भट्ट बोहरा, गोमा थापा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा, दिव्यमणि राजभण्डारी, जीवनप्रेम श्रेष्ठ, गोपालमानसिंह राजभण्डारी, देवीप्रसाद भट्टचन, पूर्णबहादुर गुरुङ, पृथ्वीमान गुरुङ, धनबहादुर राना, डिबी राई, आनन्दराज मुल्मी, प्रकाशनन्दन जोशी, वीरकाजी राई, ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ, मीना सुब्बा, सुवर्ण ज्वारचन, कृष्णा अमात्य, दिलकुमारी राई, प्रमिला सिंह, मनोरम शेरचन, रसकुमारी गुरुङ, विष्णुमायाकुमारी लिम्बू, ललिता किङरिङ, सीता रानामगर, पद्मा गुरुङ, लक्ष्मी परियार सेवा, विमला नेपाली, कोपिला विश्वकर्मा, आशा विक, विष्णु परियार, पवित्रा विश्वकर्मा, शान्ति विक, विनोदकुमार चौधरी, स्मृतिनारायण चौधरी, अनिलकुमार रुगंटा, रामचन्द्र तिवारी, लक्ष्मण राय, भारतेन्दकुमार मल्लिक, नागेन्द्रकुमार राय, राकेश सिंह, मीनाक्षी सिंह, रीतादेवी गुप्ता कलवार, नगिना यादव, रेखा यादव, सुष्मा तिवारी, धनलक्ष्मी श्रेष्ठ, पद्मनारायण चौधरी, हरिनारायण चौधरी, दिलीप खवास गच्छदार, नमिताकुमारी चौधरी, सुमित्रा थरुनी, रामकुमारी चौधरी, प्रकाश रसाइली स्नेही, नरभान कामी, मानवबहादुर नेपाली, त्रिलोकचन्द विश्वास, शम्भु हजारा दुसाद, लक्ष्मी भण्डारी, संगीता मण्डल धानुक, अहतर कमल मुसलमान, अब्दुल रहिम, सर्वत आरा खानम, जमिला मियाँ, नवजुल खाँ



प्रतिक्रिया दिनुहोस्

Screenshot