Logo

अटोरिक्साको ठक्करबाट साइकल यात्रुको मृत्यु



कञ्चनपुर, ३ पुस । अटोरिक्साको ठक्कर बाट पुर्नवास नगरपालिका ११ भीमबस्तीका २९ बर्षीय भीमसिंह ठकुरीको मृत्यु भएको छ । भे १ च ३१३६ नम्बरको अटोरिक्साले ठकुरीलाई आईतवार डोकेबजारबाट घरतर्फ साईकलमा आउदै गर्दा ठक्कर दिएको थियो ।

ठक्करबाट सक्त घाईते ठकुरीलाई तत्काल सेती अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिए पनि उहाँको आज विहान उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो ।

मृतको शव सेती अञ्चल अस्पतालमा राखिएको छ । अटोरिक्सा र चालक कैलाली जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् । रासस



प्रतिक्रिया दिनुहोस्