पोखरा, ३ पुस । पोखरा–लेखनाथ महानगरपालिका–११ काहुँडाँडामा निर्माण गरिने धर्मकायबुद्ध मण्डला भूमिदानका लागि आजसम्म रु छ करोड ५० लाख सहयोग प्राप्त भएको छ ।
बुद्ध मण्डला निर्माणका लागि आवश्यक पर्ने सात रोपनी जग्गा खरिदका लागि स्वदेश र विदेशमा रहेका दाजुभाइ तथा दिदी बहिनीबाट उक्त रकम सहयोग प्राप्त भएकोे मण्डला विकास तथा व्यवस्थापन समितिका सचिव राजबहादुर गुरुङले जानकारी दिनुभयो ।
सचिव गुरुङका अनुसार पहिलो चरणमा मण्डलाका नाममा खरिद गरिएको जग्गाको रकम तिर्ने र दोस्रो चरणमा पुनः रकम संकलन गरी मण्डला निर्माणको काम अघि बढाइनेछ ।
मण्डलाको हातामा ८० मिटर अग्लो बुद्धको मूर्ति, ठूलो ध्यान केन्द्र, बगैंचा, छात्रवास, पुस्तकालय, चारवटा कुनामा स्तुपा, गेष्टहाउस र संग्रहालय बनाउने लक्ष राखिएको छ ।
यसैबीच भूमिदानका लागि बेलायतबाट पोखरा आउनुभएका महेश गुरुङले रु ५० हजार पाँच र डा चन्द्रबहादुर गुरुङले रु ५० हजार सहयोग गर्नुभएको सचिव गुरुङले बताउनुभयो । रासस