Logo

संसदमा कलाकारको उपस्थिति शून्य



काठमाडौं, ४ मंसिर । आगामी ५ वर्षे संसदमा कलाकारहरुको सहभागिता शून्य प्राय बन्ने देखिएको छ । गत मंसिर १० र २१ गते सम्पन्न भएको निर्वाचनले नयाँ जनादेश सिर्जना गरेको छ ।

वाम गठबन्धनले दुईतिहाई मत प्राप्त गरेको स्थितिमा उसले नयाँ सरकारको लागि वहस थालेको छ ।  आजभन्दा दुई महिना पहिले राष्ट्रिय सभा सम्बन्धि अध्यादेश राष्ट्रपति समक्ष पेश गरेको भएपनि प्रमाणिकरण भएको छैन। यहि राष्ट्रिय सभा गठनलाई मुख्य कारण देउवा काँग्रेस सरकारले राजीनामा दिन मानेको छैन् ।

नयाँ जनादेश पाएको वाम गठबन्धनले शीर्ष नेताहरुको व्यवस्थापनलाई लिएर छलफल शुरु गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री, माओवादी केन्द्र प्रचण्ड पार्टी अध्यक्ष र रामबहादुर थापा बादललाई राष्ट्रिपति बन्ने समाचार बाहिर आईरहेका छन् ।

समानुपातिक तर्फबाट ३३ प्रतिशत महिलाको संसदमा उपस्थित गराउनेमा राजनीतिक दलहरु संविधानले नै वाध्य बनाएको छ । तर नेपाली कला क्षेत्रको माध्यमबाट नेपालको पहिचान र संस्कृतिलाई विश्वसामु चिनाउनको लागि भूमिका खेल्ने कलाकारहरुको भूमिकालाई अझ प्रभावकारी बनाउनको लागि भने राजनीतिक दलहरु उदासिन जस्तै बनेका छन् ।

चुनावको बेलामा राजनीतिक दलहरुलाई जिताउनको लागि कुनै न कुनै तवरबाट साथ दिएका कलाकारहरु आगामी ५ वर्षे संसदमा उपस्थित नपाउन पक्का जस्तै बनेको छ ।

नयाँ शक्ति नेपाल पार्टीले एक नम्बरमा समानुपातिकमा सिफारिस परेकी नायिका करिश्मा मानन्धर पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड नै पार गर्न नसकेपछि उनि सांसद बन्ने सम्भावना टरेको हो ।

त्यस्तै गायिका कोमल वलीले एमालेमा प्रवेश गर्दा समानुपातिक तर्फबाट सांसद बनाउने भनेर हल्ला फिजाईए पनि अन्ततः उनलाई एमालेले समानुपातिकमा उनको नाम अटाउन सकेन ।

गायिका वलीले आफ्नो नाम सिफारिसमा नपरेपछि स्वतन्त्र रुपमा उम्मेद्वारी घोषणा गरेकी थिईन् । शंकर पोखरेल र माओवादी नेता कृष्ण बहादुर महराको आग्रहमा उनले उम्मेद्वारी फिर्ता लिएर वामगठबन्धनलाई सहयोग गरेकी थिईन ।

वली अहिले आफूलाई राष्ट्रिय सभामा मनोनित गर्नको लागि एमाले नेताहरुलाई दवाव दिईरहेकी छन् ।  लोकप्रिया नायिका रेखा थापा निर्वाचनको पूर्व सन्ध्यामा चुनावमा होमिने चर्चा चलेपनि उनले चुनावमा होमिने निर्णय रद्ध गरिन ।

पार्टीले समानुपातिकमा सिफारिस गर्न अनुरोध गरेको तर प्रत्यक्ष जनताको मत लिएर संसदमा जाने अडान राखेको कारण समानुपातिकमा बस्न नचाहेको बताउदै आएकी छन् ।  तथापी उनको पार्टी राप्रपा ‘राष्ट्रवादी’ले थ्रेस होल्ड समेत पार गर्न सकेन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot