Logo

डा.देवकोटा अस्वस्थ: लण्डनमा उपचार हुँदै



काठमाडौं, ६ पुस । नेपालका सुविख्यात चिकित्सक डा.उपेन्द्र देवकोटा गम्भीर बिरामी बिरामी परेका छन् । विशेषगरी ‘न्युरो’सम्बन्धी उपचारमा अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाएकाका डा. देवकोटा दुर्लभ प्रकारको क्यान्सरबाट पीडित भएको बताईएको छ ।

यतिबेला लण्डिनस्थित एक अस्पतालमा उपचाररत डा. देवकोटाको अवस्था गम्भीर रहेको बताइएको छ । गत मंसिर १० गते सम्पन्न निर्वाचनमा डा. देवकोटाले आफ्नो गृहजिल्ला गोरखामा बाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठको पक्षमा मत माग्न सक्रियता देखाएका थिए । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot