Logo

जनजागृतिले जुटायो ६० लाख आर्थिक सहयोग



कौरव खत्रीः बाग्लुङ्ग ०६ पुस। बाग्लुङ्गको एक विद्यालयको लागि स्वदेश तथा विदेशका विभिन्न व्यक्ति तथा संस्थाबाट झण्डै ६० लाख भन्दा बढि आर्थिक सहयोग संकलन भएको छ ।

गल्कोट नगरपालिका वडा नं. ८ काडेवासमा रहेको जनजागृति माध्यमिक विद्यालयको लागि स्वदेश तथा विदेशमा रहेका यस क्षत्रका नेपालीहरु र विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक स्टाफ, आर्थिक उपसमिति लगायतका विभिन्न व्यक्तिहरुबाट हालसम्म ६० लाख बराबर आर्थिक संकलन भएको विद्यालयका प्राचार्य तेजेन्द्र बुढाथोकीले जानकारी दिए ।

विद्यालयले आफ्नो ६० बर्ष पूरा गरेको अवसरमा आँउदो माघ महिनाको १० देखि १४ सम्म विद्यालयले बृहत रुपमा हिरक जयन्ती मनाउन गइरहेको छ ।

हिरक जयन्तीलाई मध्यनजर गदै विद्यालयले स्थानीय स्तर तथा विदेशका विभिन्न स्थानहरुमा रहेका यस क्षेत्रका नेपालीहरुबाट आर्थिक संकलन अभियानलाई तिव्रता दिएको विद्यालयका प्राचार्य बुढाथोकीले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्