Logo

वडा कार्यालय भवनका लागि निशुल्क जग्गा उपलब्ध



उर्लाबारी, मोरङ, ८ पुस । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं ८ को वडा कार्यालय भवन निर्माणका लागि स्थानीयवासीले निशुल्क जग्गा उपलब्ध गराएका छन् ।

मिक्लाजुङ– ८ को तोरीबारीमा सात कट्ठा जग्गा कार्यालय भवन निर्माणका लागि उपलब्ध गराइएको हो । स्थानीयवासी लालबहादुर बोहोरा, कृष्णप्रसाद ढकाल, मातृका ढकाल र लक्ष्मीप्रसाद पोखरेलले संयुक्तरुपमा सात कट्ठा जग्गा उपलब्ध गराउनुभएको हो ।

मिक्लाजुङ गाउँपालिकाको प्रथम गाउँसभाले वडा नं ८ को वडा कार्यालय भवन निर्माणका लागि रु ५० लाख बजेट विनियोजन गरिसकेको वडाध्यक्ष नवीन कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी सात दिनभित्रमा जग्गादाताले वडा कार्यालयको नाममा जग्गा रजिस्ट्रेशन पास गरिदिएपछि भवन निर्माण कार्यले गति लिनेछ । भवन निर्माणमा अपुग हुने थप रकम गाउँपालिकाले व्यहोर्ने जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot