Logo

कांग्रेसको समीक्षा बैठकमा हात हालाहाल, ३ जना घाइते



काठमाडौं ११ पुस ।
कांग्रेस क्षेत्र नम्बर दुईले सोमबार वालिङको पतञ्जली हलमा राखेको निर्वाचन समीक्षा बैठकमा संस्थापन र रामचन्द्र पौडेल समूहबीच कुटाकुट भएको छ ।देउवापक्षीय कार्यकर्ताले पौडेल पक्षका कार्यकर्तालाई कुटपिट गर्दा तीन जना घाइते भएका छन् । भेषराज अर्याल, कमल ढकाल र सुशील काफ्ले घाइते भए ।

कांग्रेस क्षेत्र नम्बर दुईले सोमबार वालिङको पतञ्जली हलमा राखेको निर्वाचन समीक्षा बैठकमा संस्थापन र रामचन्द्र पौडेल समूहबीच कुटाकुट भएको छ ।

देउवापक्षीय कार्यकर्ताले पौडेल पक्षका कार्यकर्तालाई कुटपिट गर्दा तीन जना घाइते भएका छन् । भेषराज अर्याल, कमल ढकाल र सुशील काफ्ले घाइते भए । कांग्रेसको पकड क्षेत्र भनेर चिनिने स्याङजामा चुनावी नतिजा विपक्षमा आएपछि एक अर्का नेता कार्यकर्तालाई आरोप प्रत्यारोप लगाउँदै हात हालाहाल भएको घाइते काफ्लेले बताए। घाइतेमध्ये अर्याल र ढकाललाई उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको बताइएको छ।

क्षेत्र नम्बर एकमा १० हजार मतले कांग्रेस पराजित भएको थियो भने क्षेत्र नम्बर दुईमा ३७ सय मतले उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले पराजय भोगेका थिए। बैठकमा संस्थापन पक्षले पौडेल समूहले असहयो गरेको आरोप लगाउँदै आएको छ ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्