Logo

तीन हात लामो टुप्पीवाले घनश्याम



काठमाडौं, ११ पुस । घनश्याम तिमल्सिना चर्चित हास्य कलाकार हुन । निर्देशक उनको थप योग्यता हो ।धेरै मानिसहरूले उनलाई एन्टिना भनेर पनि चिन्छ्न । तीन हात लामो टुपीले गर्दा बालबालिकादेखि बुढाबुढीसम्म उनको फ्रेन्ड छ्न ।

उनले यो टुपी पाल्न थालेको सत्र बर्ष नाघीसकेको छ् र अहिले उनको परिचय यहि टुप्पी भएको छ । ढाकाराम टीकाराम सिरियलबाट टुप्पी पाल्न सुरु गरेका थिए ।

उनिसग अभिनय प्रशिक्षण लिने विद्यार्थी मात्र १० हजार जना पुगेका छ्न । हाल जोरपाटीमा जिएस सञ्चार नामक कल्चर चलाइरहेका एन्टिना कुनै समय चर्चित सिरियल ५२ खुस्सा ५३ ठक्कर र चलचित्र ‘छापामार’ निर्देशन गरेर चर्चा बटुलेका निर्देशक समेत हुन।

२०६१ सालमा उनले नेपालकै कान्छो निर्देशकको उपाधी समेत पाएका थिए । सर्ट मुभीको निर्देशन छोडेर हाल उनी उपद्रो नामक सिरियल निर्देशन गर्दैछ्न ।



प्रतिक्रिया दिनुहोस्

Screenshot