Logo

लोकतान्त्रिक विद्यार्थी संगठन नेविसंघमा समाहित हुने



काठमाडौँ, ११ पुस । लोकतान्त्रिक विद्यार्थी संगठन नेपाली कांग्रेसको विद्यार्थी भातृसंस्था नेवि संघमा समाहित हुने भएको छ ।
संगठनको केन्द्रिय कार्यालय कुपण्डोलमा बसेको सचिवालय स्तरको बैठकले संगठनले विगत देखि बर्तमान सम्म गरेको कार्यलाई स्मरण गरिएको छ ।

विज्ञप्तीमा नेपाली कांग्रेससंगको एकतालाई सहज रुपमा लिदै अघि बढ्ने र सम्मानजनक पदिय जिम्मवारी दिनका लागि दुई वटै पार्टीका प्रमुखसंग अनुरोध गरिएको छ ।

संगठनका अध्यक्ष कपलेश्वर यादवले लोकतान्त्रिक शक्तिहरु एक हुने क्रममा भएको र ऐतिहासिक निर्णय पश्चात अव नेताहरु मिलेर जानुपर्ने बताएका छन् ।

नेता यादवले अहिले देशमा स्थिर सरकारको आवश्यकता रहेको औल्याउदै कांग्रेस अव दरिलो प्रतिपक्षको रुपमा रहनुपर्ने बताए । उनले पार्टी हार्नुको मुख्य कारण कांग्रेसले जनतामा आफ्नो एजेण्डा लान नसक्नु नै रहेको बताए । अव कांग्रेस नयाँ ढंगले अघि बढ्ने उनले बताए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot