Logo

एमालेसँग एकता गरे छुट्टै पार्टी खोल्ने चेतावनी



काठमाडौं १२ पुस ।
एमालेसँगको एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका माओवादी केन्द्रका गोपाल किराँतीलगायतका नेताले छुट्टै पार्टी गठनको तयारी गरेका छन् ।

पार्टी एकतामा जान नहुने र छुट्टै महाधिवेशन आयोजना गर्नुपर्ने माग गर्दै किराँती समूहले ‘आठौं महाधिवेशन आयोजक समूह’ गठन गरेको छ । उक्त समूहका तर्फबाट मंगलबार अध्यक्ष पुष्पकमल दाहाललाई एमालेसँग एकता गर्न नहुने धारणासहितको ज्ञापनपत्र बुझाएको छ । केही गरी एकता प्रक्रियामा गए सम्बन्धविच्छेद गर्ने समूहले उल्लेख गरेको छ ।

‘हाम्रो समूह माओवादी… समाजवादी क्रान्तिमा अघि बढ्न आठौं पार्टी महाधिवेशन आयोजनाको पक्षमा अन्त्यसम्मै अन्तरपार्टी दुई लाइन संघर्ष गर्नेछ,’ समूहको निर्णयमा छ, ‘तर, माओवाद र पहिचानको मुद्दा धरापमा पारेर कसैले हाम्रो पार्टीलाई दक्षिणपन्थमा विलय गर्छ भने त्यससित सम्बन्धविच्छेद गरी आफ्नो सर्वहारा वर्गीय स्वतन्त्रतामा पार्टी पुनर्गठन गरेर अघि बढ्न बाध्य हुनेछ ।’ किराँती समूहमा विश्वभक्त दुलाललगायत नेता छन् ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्