Logo

श्रीमानको औला काटेर पोलेर खाने श्रीमती..



काठमाडौं १४ पुस ।
दाङमा एक महिलाले आफ्नै श्रीमानको हातका औला काटेर खाएकी छन्। दाङ तुलसीपुर उपमहानगरपालिका १ भम्के छोटेकी ६४ वर्षीया रिसमी महतराले आफ्नै श्रीमान् ६४ वर्षकै चन्द्रबहादुर महतराको हातका औला काटेर पोलेर खाएकी हुन्।

चन्द्र बहादुरलाई राप्ति अञ्चल अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर लगिएको छ। चन्द्रबहादुरको अवस्था गम्भीर भएपछि थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ।

श्रीमानको औला काटेर खाने रिसमीलाई प्रहरीले नियन्त्रणमा लिइ सकेको डीएसपी सापकोटा बताए। श्रीमानले मदिरा सेवन गरेर दैनिक यातना दिने गरेको र परस्त्रीसँग सम्पर्क बढाउन थालेकाले श्रीमानको औला काटेर पोलेर खाएको रिसमीले प्रहरीमा वयान दिएकी छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रमुख डीएसपी प्रकाश सापकोटाका अनुसार रिसमीले श्रीमानले मदिरा सेवन गरी सधँै यातना दिने गरेका कारण दायाँ हातको चारवटा औंला काटेर खाएको वयान प्रहरीलाई दिएकी छन्। उनले साँझ मदिरा सेवन गरेर सधैँ घरमा झगडा र कुटपिट गरेरकाले आफूले सहन नसकेर कुटने हातका औला काटिदिएको वयान प्रहरीलाई दिएकी छिन्।

बुधवार राति पनि चन्द्रबहादुर मदिरा सेवन गरी अरु दिन जस्तै गर्न थालेपछि श्रीमती रिसमीले औला काटेर पोलेर खाएको बताएकी छन्। चन्द्रबहादुर मदिराले मात्तिएकाले औला काटदा समेत प्रतिकार गर्न नसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

उनले रिसमीलाई थप अनुसन्धानको लागि हिरासतमा राखेको बताए। पीडितको जाहेरीका आधारमा उनलाई कानुन अनुसार मुद्दाअघि बढाइने सापकोटाले बताए। अहिलेसम्म परिवार उपचारमा लागेकाले जाहेरी नपरेका इलाका प्रहरी कार्यालयले बताएको छ।
अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्