Logo

कांग्रेस केन्द्रीय समितिको बैठक बालुवाटारमा, देउवा घेराबन्दीमा



काठमाडौँ १४ पुस । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज शुक्रबार बिहान बुलवाटार बस्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएको कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

चुनावी समिक्षा, सरकारको बर्हिगम, राष्ट्रपति समक्ष पेश गरिएको अध्यादेश, पार्टीको भावी रणनीतिको बारेमा केन्द्रीय समितिको बैठकमा छलफल हुने उनले बताए। बैठकमा निर्वाचनमा पराजयको कारणका सम्बन्धमा गम्भिर समिक्षा हुने बताइएको छ।

सभापति देउवाको अक्षम नेतृत्वको कारण कांग्रेस पराजित भएको भन्दै एकथरी आरोप लगाउदै आएका छन् भने अर्काथरी निर्वाचनको मुखमा अप्रत्यासित रुपमा वाम ताममेल भएको तथा कांग्रेसले मुलुक निर्माण गरेका सकारात्मक काम जनता समक्ष पुर्‍याउन नसक्नुलाई पराजयको कारण बताउदै आएका छन्। पार्टीमा चुनाव पराजयका कारण सभापति देउवा घेरा बन्दीमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्