Logo

पशुलाई सुत्केरी भत्ता, ब्याएका प्रत्येक पशुलाई २५ सय



काठमाडौं १५ पुस । कृत्रिम गर्भाधान बाट ब्याएका पशुलाई भत्ता दिन थालिएको छ । महिलालाई गर्भवती हुँदा पोषण तथा आहारका लागि सत्केरी भत्ता दिएजस्तै कृत्रिम गर्भाधानबाट ब्याएका पशुलाई पनि सुत्केरी भत्ता दिन थालिएको हो । सल्यानका पाँचजना किसानलाई आफूले पालेका पशुलाई कृत्रिम गर्भाधान गराएको भन्दै पशु स्याहारसुसार र आहारका लागि भन्दै भत्ता दिइएको हो ।

पशु सेवा कार्यालय सल्यानले जिल्लाका ५ किसानलाई २ हजार ५ सय रुपैंयाँका दरले प्रोत्साहनवापत रकम वितरण गरिएको हो । प्रोत्साहन रकम पाउने किसानहरुमा शारदा नगरपालिका २ का गोकर्णप्रसाद उपाध्यय, ३ का बुद्धिराज विष्ट, अशोककुमार विष्ट, रेशम प्रकाश शर्मा र ४ का नारायण गौतम छन् । -राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot