Logo

आफ्नै बाबुवाट बारम्बार बलात्कार , बलात्कारपछि गर्भवती भएपछि भ्रुण हत्या



काठमाडौं १५ पुस । काभ्रेको पनौती नपा ११ भुमिडाँडामा १७ बर्षिया छोरीले आफ्नै बाबुले पटक पटक बलात्कार गरेको जाहेरी दिएकी छिन् । सुन्दा पत्ताउन मुस्किल यो घटनापछि बाबुको विश्वासमा समेत प्रश्न चिन्ह खडा गरेको छ । जिल्लाको पनौती ११ भुमिडाँडाकी १७ बर्षिया बलात्कृत हुने युवतीले जाहेरीमा आफूलाई पहिलो पटक सौतिनी आमाको माईती बारा गएको समयमा बुबाले बलात्कार गरेको उल्लेख गरेकी छिन् । ईलाका प्रहरी कार्यालय बनेपा प्रहरी निरिक्षक सुनिलजंग शाहले सुरुमा पत्याउने मुस्किल घटनाको जाहेरी दिन आएपछि अचम्ममा परेको सुनाए ।

किशोरीले दिएको जाहेरीलाई पहिलो प्राथमिकतामा राखेर कारवाही अघि बढाएको शाहले बताए । बलात्कारको आरोपी ३७ बर्षिया व्यक्तिका दुई श्रीमती रहेकोमा उनी जेठी श्रीमती तर्फको जेठी छोरी हुन् । जेठी श्रीमती बलात्कारको आरोपीसँग नबसेपछि उनले कान्छी श्रीमती ल्याएका थिए । जेठी श्रीमतीका एक छोरा र एक छोरी छन् भने कान्छी श्रीमतीको एउटा छोरी छ । कान्छी श्रीमती कामको शिलशिलामा बहराईन गएपछि आरोपी समेत अरब राष्ट्रहरुमा कामको शिलशिलामा जाने गरेका थिए । करिब तीन बर्षअघि अरबवाट नेपाल आएपछि छोरी कान्छी श्रीमतीको माईत बारामा गएको समयमा जाहेरी दिने किशोरीलाई बलात्कार गरेका थिए । त्यसपछि पनौती भुमिडाँडामा आएर उनलाई बुबाले पटक पटक बलात्कार गरेका थिए । बलात्कारपछि केही बर्षअघि उनी गर्भवती समेत बनेपछि बुबाले घरमै गर्भपतन हुने औषधी सेवन गराएको उनले जाहेरीमा उल्लेख गरेकी छिन् ।

छोरीको गर्भ रहेपछि पनि बाबुले उनलाई बलात्कार गर्न नछाँडेको जाहेरीमा उल्लेख गरेकी छिन् । अन्तिम पटक बाबुले उनलाई मंसिर १९ गते बलात्कार गरेका थिए । सुरुमा आफ्नै बाबुले बलात्कार गर्ने गरेको सौतिनी आमालाई बताउन नसकेपनि ति किशोरीले सौतिनी आमासँग बाबुले गर्ने गरेको अपराध बताएपछि आमाकै सहयोगमा उनले प्रहरीसँग जाहेरी दिएकी हुन् । आफन्त र परिवारहरुवाटै घरमा र गाँउमै कुरा मिलाउन दवाव आएपनि उनीहरुले अन्यायमा परेकाले न्यायका लागि भएपनि जाहेरी दिएको प्रहरीसँग बताएका छन् । प्रहरीलाई उनीहरुले मंसिर १९ गतेनै जाहेरी दिएपनि प्रहरीले यो घटना सार्वजनिक गरेको थिएन । प्रहरीले आरोपीलाई हाडनाता करणी उद्योगमा मुद्धा दर्ता गराएको छ भने आरोपी बुबा प्रहरी नियन्त्रणमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्