Logo

बेलायतले दोस्रो पटक पनि पत्याएन साम्राज्ञीलाई



काठमाडौं, १६ पुस । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पहिलो पटक ‘भिसा रिजेक्ट’ भएपछि दोस्रो पटक प्रयास गरेकी गर्दा पनि भिसा दिन अस्वीकार गरेको छ । उनी यूके जान खोज्नुको मुख्य कारण ‘इन्टु मिन्टु लन्डनमा’ नामक फिल्मको छायांकनका लागि हो । साम्राज्ञीको भिसा पटक-पटक अस्वीकृत हुँदा बिग बजेटको यो फिल्मको छायांकन सुरु हुन सकेको छैन । साम्राज्ञीले बेलायती दूतावासमा भिसा आवेदन दिनु अगाडि नै फिल्मको निर्माण घोषणा गरिएको थियो ।

स्रोतले फिल्मीखबर डटकमलाई दिएको जानकारी अनुसार, केहीदिन अगाडि मात्र साम्राज्ञी दोस्रो पटक भिसा पाऊँ भन्दै भारतस्थित बेलायती दूतावास पुगेकी थिइन् । अंग्रेजी नयाँ वर्षको केही सिन खिच्नका लागि साम्राज्ञीसहित निर्माण टीम बेलायत जाने तयारीमा थियो । तर, दोस्रो पटक पनि साम्राज्ञीलाई बेलायतले नपत्याएपछि अब ‘इन्टु मिन्टु लन्डनमा’ निर्माण हुन्छ वा हुँदैन रु भन्नेमै प्रश्न चिन्ह खडा भएको छ । यो फिल्ममा साम्राज्ञीको अपोजिटमा देखिन लागेका धिरज मगर भने बेलायतमा बस्ने गर्छन ।

अहिले फिल्मकी निर्देशक रेनाशा वान्तवा राई यूकेमा साम्राज्ञीको प्रतिक्षा गरिरहेकी छिन् । प्राप्त जानकारी अनुसार, फिल्म निर्माण कम्पनीले वर्किङ भिसामा आवेदन दिएका कारण साम्राज्ञीको भिसा पटक(पटक अस्वीकृत भएको हो । गएको दुई महिना अगाडि पनि रेनाशा र कलाकार तथा पत्रकार दिलभुषण पाठक फिल्मको सुटिङका लागि भन्दै बेलायत पुगेका थिए । तर, साम्राज्ञीसहित १० जनाको भिसा रिजेक्ट भएपछि रेनशा र पाठक १ महिने बेलायत बसाईपछि नेपाल फर्किएका थिए । फिल्ममा दिलभुषण पाठकले साम्राज्ञीको पिताको भूमिका निर्वाहा गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस्