Logo

रेखाको ‘रुद्रप्रिया’ युटुवमा सार्वजनिक



काठमाडौं, १६ पुस । मानव जीवनको वास्तविकतासँग निकै नजिक रहेर निर्माण गरिएको चलचित्र ‘रुद्रप्रिया’ बुढासुब्बा यूटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

लोकप्रिय नायिका रेखा थापाको ब्यानर रेखा फिल्मस र आर्यन फिल्मसको सयुक्त ब्यानरमा निर्मित चलचित्र ‘रुद्रप्रिया’ नयाँ बर्षा २०१८ को अवसर पारेर बुढा सुब्बाले उक्त चलचित्रलाई युटुवमै सार्वजनिक गरेको हो । एक महिलामाथि एसिड आक्रमण पश्चात महिलाको जीवनमा आउने उचार चढावलाई मार्मिक ढङबाट प्रस्तुत गरिएको चलचित्र रुद्रप्रियामा रेखा थापा, आर्यन सिग्देल, राजन इशान लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्र रुद्रप्रियाले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै गहन विषयलाई नौलो तरिकाबाट प्रस्तुत गरिएकोले पनि रुद्रप्रिया एकचोटी सम्पूर्ण परिवारले हेर्नुपर्ने सिनेमा हो ।

निर्देशक सुदिप बबी भूपाल सिंहको निर्देशनमा निर्मित चलचित्रका कार्यकारी निर्माता रमेश एमके पौडेल रहेका छन भने राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत, सञ्जय लामाको छायाँकन रहेको छ । चलचित्रलाई नायिका रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्