Logo

पाँचौ प्रस्तावित राष्ट्रिय पोशाक दिवस-फोटोफिचर



काठमाडौं, १७ पुस । ‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ ।

 

शताब्दिऔँ पुरुष सत्यमोहन जोशीले पानसमा बत्ति बालेर दिवसको उद्घाटन गरेका छन् । र्यालीमा नेपाली राष्ट्रिय पोशाक दौरासुरुवाल र टोपी लगाएर सर्वसाधारणको स्वःस्फूर्तरुपमा सहभागिता रहेको थियो । सर्वसाधारणले भादगाउँले र ढाकाटोपी लगाएर राष्ट्रिय झण्डा बोकेका थिए ।

राष्ट्रिय टोपी अभियानका अभियन्ता जनार्दन पौडेलले नेपालीको पहिचान गुम्ने खतराबाट बचाउनका लागि दिवसको शुरुआत गरिएको बताए । उनले नेपालीको पहिचान गुमिरहेकाबेला सरकारले नै ढाका टोपी दिवस मनाउनुपर्ने विचार व्यक्त गरे ।

विगत पाँच वर्षदेखि अंग्रेजी नयाँ वर्षको दिनमा ढाका टोपी दिवस मनाइने गरिन्छ । पहिले सामाजिक सञ्जालमार्फत टोपी दिवसको प्रचार गरे तापनि विगत चार वर्षदेखि र्याली नै निकालेर दिवस मनाउन थालिएको पौडेलले बताए ।

यस्तै वसन्तपुरमा पनि ढाकाटोपी लगाएर प्रदर्शन गरिएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा ढाकाटोपी लगाएर प्रदर्शन गरिएको थियो ।

 

 

तस्बिर-मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्