Logo

अंग्रेजी नयाँ वर्षमा बेगनास ताल घुम्न आउने पर्यटकको स्वागत



पोखरा, १७ पुस (रासस) अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा लेखनाथ महानगरपालिका–३१ स्थित बेगनास ताल घुम्न आउने पर्यटकलाई स्वागत गरिएको छ ।

बेगनास युवा क्लबले बेगनास ताल घुम्न आउने छजना विदेशी पर्यटकलाई आज स्वागत गरेको हो ।

वडा नं ३१ का वडाध्यक्ष कमलबहादुर थापाले पर्यटकलाई माला, खादा तथा अबिर लगाएर स्वागत गर्दै बेगनास क्षेत्रको पर्यटन प्रवद्र्धनमा क्लबले सराहनीय काम गरेको बताउनुभयो ।

क्लबका अध्यक्ष रामबहादुर रानाभाटको अध्यक्षतामा कार्यक्रम भएको थियो ।नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य अधिकारी र कोइरालाको बधाई स्वागत

यसैबीच क्लबले प्रतिनिधिसभा कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद खगराज अधिकारी र प्रदेश क्षेत्र नं १ (क) नम्बरका सांसद दीपक कोइरालाई बधाई एवं स्वागत गरेको छ ।

त्यस अवसरमा सांसदद्वय अधिकारी र कोइरालाले बेगनास क्षेत्रको विकासका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्