Logo

एमालेले सर्त मानेमात्रै एकता, आज माओवादी विस्तारित छलफल



काठमाडौं १८ पुस । पार्टी एकताा विषयम माओवादी केन्द्रले आज विस्तारित छलफल गदैछ । पार्टी एकता र सरकार गठनका विषयमा माओवादी केन्द्रले आज छलफल गर्दैछ । माओवादी अध्यक्ष प्रचण्डले एमालेलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक रोज्न प्रस्ताव गर्नेगरि खाका बनाइदैछ । प्रचण्डले दुईमध्ये एक पद माओवादीले पाउनुपर्ने प्रस्ताव एमालेले नमाने पार्टी एकता नहुने गरि छलफल भइरहेको एक नेताले बताए । सम्मानजक अवस्था नदेखिए एकता सहज नहुने प्रचण्डले निकटस्थ नेताहरूले बताउँदै आएका छन्

पछिल्लो राजनीतिक अवस्था, नेकपा (एमाले)सँगको पार्टी एकता लगायतका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्रले आज केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाइएको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार बैठक दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बस्नेछ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीका बारेमा छलफल हुनेछ । पछिल्लो दिनमा पार्टी एकताको विषयमा ठोस निर्णय र अवधारणा अगाडि नआएको बेला माओवादी केन्द्रको मंगलबार बस्ने बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ ।



प्रतिक्रिया दिनुहोस्