Logo

क्याम्पसका लागि तीन रोपनी जग्गा दान



रामपुर, पाल्पा, १८ पुस । दर्छा क्याम्पस सञ्चालनका लागि रामपुरका स्थानीयबासीले तीन रोपनी जग्गा दान गरेका छन् । रामपुर नगरपालिका–३, रजघरा बस्ने धनकुमारी खनाल, छोरा ईश्वरी खनाल र बुहारी इन्दिरा खनालको परिवारले स्व यदुनाथ खनालको सम्झनामा क्याम्पसका लागि जग्गादान गर्नुभएको छ ।

रामपुर नगरपालिका—३ मा रहेको कित्ता नं ९०१ को तीन रोपनी १५ आना शून्य पैसा तीन दाम क्षेत्रफलको जग्गा दर्छा क्याम्पस सञ्चालनका लागि दान गरेको स्व खनालका श्रीमती धनकुमारी खनालले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्