Logo

सहकारी मार्फत आर्थिक समृद्घिको बाटोमा स्थानीय महिला



नेत्र मरासिनीः अर्घाखाँची, १८ पुस । जिल्लाको सितंगगा नगरपालिकामा रहेका महिला स्वालम्बी समूहहरु सहाकारीमा रुपान्तरण भएका छन । साविक सिद्घारा गाविस वार्ड न २,४,७ र ९ मा रहेका २१ समुहहरु जगृती कृषि तथा पशुविकास महिला सहकारीमा समावेश भएका हुन् । सुरुमा मासिक १० रुपैयाबाट बचत सुरु गरेर स्वालम्बी महिला समुहहरुले अहिले सहकारीमा रुपान्तरण हुदाँ एक सय रुपैया बचत गर्न थालेका छन ।

सहकारी बने पछि गाउँमा उत्पादन भएका बोका ,खसी तथा अन्य कृषि जन्य उत्पादनहरु सहकारी मार्फत बिक्रि बितरण सुरुवात गरिएको जागृति कृषि तथा पशुबिकाश महिला सहकारी संस्थाकि अध्यक्ष सरस्वता पोख्रेलले बताईन । २१ वटा समुहमा रहेका त्यस क्षेत्रका ५०९ घरधुरीका महिला आफैले सञ्चालन गर्नेगरी सहकारी स्थापना गरीएको पोख्रेलले बताइन् ।

बिकासका दृष्टिकोणले निकै पछाडि परेको त्यस क्षेत्रमा उत्पादित बस्तुहरु सहकारी मार्फत बजार प्रबर्धन गर्न सकेमा आर्थिक समृदि हुने त्यहाका महिलाहरुको अपेक्षा रहेको छ ।

नेपाल सरकार किसानकालागी उन्नत बिऊ बिजन कार्यक्रम अन्तर्गत हेफर ईन्टर नेशनल नेपाल तथा साबिकको गाबिस तथा बनउपभोक्त समूहरुको सहयोगमा नेपाल चेतना केन्द्रले सहजिकरण गरेको कार्यक्रम आज सहकारीलाई हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै सितगंगा नगरपालिका नगरप्रमुख सूर्यप्रसाद अधिकारीले सहकारीलाई व्यबस्थीत गर्नको लागी नगरपालिका लागी पर्ने बताए । उत्पादित बस्तु सहकारी मार्फत बजारीकरण गर्न सकेमा त्यस क्षेत्रको आर्थिक विकास सम्भव रहेको भन्दै अधिकारीले सहकारीको उन्नतीका निम्ति आफु सदैब लागीपर्ने बताएका छन् ।

३५ महिनाको अबधिमा बाख्रा बिकाश परियोजना कार्यक्रम मार्फत महिलाहरुलाई क्षमता बिकाश साथै आर्थिक उन्नतीतर्फ उन्मुख बनाउने हिसाबले कार्यक्रम सञ्चालन गरेको हेफर ईन्टरनेशनलका कार्यक्रम संयोजक राधाकृष्ण शर्माले बताए ।

नेपाल चेतना केन्द्रका सल्हाकार रामकुमार क्षेत्रीले सिद्धारामा कार्यक्रम प्रभाकारी बनाउनको लागी सहयोग गर्ने सबैजनालाई धन्यावाद दिदै आगामी दिनमा संस्था साथमा रहने प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रम नेत्रमरासीनीको सञ्चालन र सन्तोष न्यौपानेको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्