Logo

हेमानन्द गिरी पहिलो शंकराचार्य बन्दै



धनराज वास्तविक : काठमाडौं, २० पुस । उञ्जयन महाकुम्भ मेलाबाट विश्वका दुईसय ओजश्वी माहात्माहरु मध्येबाट आदी गुरु शंकराचार्यको चौथो सुचिमा साध्वी श्री हेमानन्द गिरी परेकी छन् । रिपोर्टर्स क्लब नेपालमा जुना अखडा नेपाल राष्ट्रिय समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै साध्वी श्री हेमानन्द गिरीले विश्वकै ठुला चार मठमा आसिन हुने सौभाग्य नेपाललाई मिलेको बताएकी छन् ।

उनले भनिन्,‘मातृ शक्तिको उजागर भएको बेला मलाई शंकराचार्य बन्ने अवसर आएको छ, नेपालमा पहिलो महिला राष्ट्रपति, महिला सभामुख र महिला प्रधानन्याधीश भएको बेलामा मलाई शंकराचार्यमा छनोट गरिएको छ, अब मलाई शंकराचार्य बन्नको लागि नेपालका सम्पूर्ण धार्मीक संघ–संस्थाहरुले सिफारिस गर्नुपर्ने हुन्छ, विश्वकै पवित्र मुलुक, सगरमाथाकी छोरी पहिलो महिला शंकराचार्य हुनु सबैको लागि गर्वको कुरा हो ।’

उनले अघि थपिन,‘यहाँ भन्दा पहिले महिलाले कहिले पनि शंकराचार्यको लागि आवेदन दिने गरेको ईतिहास छैन्, मैले यो अवसर अदालतबाट पाएकी हुँ, २ सयबाट, ५८ जना, ५८ जनाबाट म आज ४ नम्बरमा छु, म सानैदेखि ध्यान साधना र योगमा निस्कए, विगत ७ वर्षदेखि पूर्ण सन्यासी भएकी छु, १० हजार मन्दिर, १३ वर्षको उमेरमा नेपालका ७७ जिल्ला घुमेकी छु, हिन्दुस्तानले मलाई विश्वास गरेर अघि बढाएको छ, अब नेपालका विभिन्न संस्थाहरुले मेरो बारेमा प्रस्तावहरु पठाउनु पर्नेहुन्छ यसमा साथ दिन आग्रह गर्दछु ।’

हिमालयको कुनादेखि तराईका फाँटहरुसम्म आध्यात्मिक जागरण ल्याउने, कोटी होम गर्दै आएकी श्री हेमानन्द गिरीले भारत वर्षकै सबैभन्दा ठुलो दवंग मानिने नागा सम्प्रदायको जुना अखडाको पहिलो नेपाली श्री बिभूषित माहा मण्डलेश्वर हुन ।
उनले भनिन्,‘भारत वर्षका तमाम ओजश्वी धर्मगरुहरु हाल शंकराचार्य पदवीलाई मातृ शक्तिमा स्थापित गरेर माता दुर्गा भगवानीको खाली रहेको गद्दि भर्न चाहन्छु ।’

कार्यक्रममा वरिष्ठ पत्रकार एवम् सास्कृतिक विज्ञ प्रेम कैदीले श्री हेमानन्द गिरीले प्राप्त गर्ने उपाधि नेपालको लागि मात्रै नभएर विश्वकै गर्व गर्न लायक एको टिप्पणी गरे ।  उनले भने,‘मानव सभ्यताको शुरुवात, हिमालको देश, भगवानको देश, बुद्धको देश, भगवानकी छोरीलाई उपाधी प्राप्त गर्नको लागि नेपालका धार्मीक संघ सस्थाले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न आग्रह गर्दछु।’



प्रतिक्रिया दिनुहोस्