Logo

शंकरापुर शालीनदी महोत्सवको आयोजना



काठमाडौं, २० पुस । एक महिने ‘पुस १७ देखि माघ १८ सम्म’ शंकरापुर शालीनदी महोत्सव २०७४ को आयोजना गरिने भएको छ । रिपोर्टर्स क्लब नेपालमा रंजित कोईराला सागर एण्ड मने लामा मिडिया प्रा.लिले पत्रकार सम्मेलन गरेर शंकरापुर र शालीनदीको सभ्यता र संस्कृतिलाई चिनाउने उद्देश्यले महोत्सव गर्न लागिएको जानकारी गराएकोे छ ।

पत्रकार सम्मेलनमा शंकरापुर नगरपालिकाका मेयर शुवर्ण श्रेष्ठले शालीनदीको ऐतिहासिकता र शंकरापुरको वास्तविकतालाई जिवन्त पार्न महोत्सवले ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

उक्त महोत्सवमा १५० वटा स्टल रहने छन भने ६ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । एक महिने माधवनारायण मेलाको उपलक्ष्यमा आयोजना गर्न लागिएको महोत्सवमा ख्याति प्राप्त कलाकारहरुले सास्कृतिक कार्यक्रम पस्किने छन् ।

महोत्सवमा कलकारहरु डीजराज पौडेल, जितु नेपाल, जोगेन्द्र पान वाल, विष्णु सापकोटा, अस्मिता जुरेली, अईषा तामाङ, विनोद ढकाल, सपना श्रेष्ठ, अर्पना श्रेष्ठ, ओम सुनार, सुरज श्रेष्ठ लगायत कलाकारहरुको उपस्थित रहने आयोजकले जानकारि दिएको छ ।

महोत्सवमा स्थानिय उत्पादनलाई प्रोत्साहन गर्ने, स्थानिय झाँकि प्रदर्शन गर्ने, पलायन भैरहेको स्वदेशी पुँजीलाई रोक्न उद्देश्यसँगै शंकरापुर र शालीनदीको प्रचार–प्रसार गरि आन्तरिक तथा बाह्य प्रर्यटकहरुलाई महोत्सवको अवलोकन गराउने आयोजकको उद्देश्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्