Logo

साईबर अपराधको बारेमा ‘सिएसआई’द्धारा पत्रकारलाई प्रशिक्षण



काठमाडौं, २० पुस । ‘सिएसआई’ ले साईबर अपराधबाट बच्न सामाजिक सञ्जाल तथा डिजिटल प्रयोगकर्तालाई सावधान आग्रह गरेको छ ।
रिपोर्टर्स क्लब नेपालमा ‘सिएसआई’ ले पत्रकारहरु सचेतना मुलक पशिक्षण दिनको लागि आयोजना गरेको जनचेतना मुलक कार्यक्रममा यस्तो आग्रह गरेको हो ।
संस्थाको सिईओ डा.रामहरी सुवेदीले सामाजिक सञ्जाल प्रयोगकर्तालाई आफ्ना हरेक गतिविधिहरुलाई सुरक्षित राख्न अनुरोध गरेका छन् ।
उनले भने,‘विश्वमा साईबर अपराधका घटना बढ्दै छन्, हाम्रो नेपालमा सामाजिक सञ्जाल प्रयोग कर्ताहरुको संख्या बढ्दो छ, तर यसको बारेमा सबैलाई राम्रो ज्ञान छैन्, साईबर अपराध गर्नेहरुले हरेक मानिस के–के गर्दैछ, कहाँ छ थाह पाएको हुन्छ ।’

उनले अघि थपे,‘फेशबुक चलाउदा सबै भन्दा पहिले फेशबुक साईड, गुगोल, यूटुव लगायत सामाजिक सञ्जाल सुरक्षित छकि छैन त्यसको बारेमा ध्यान दिनुपर्छ, उस्तै देखिने फिसिङ साईडहरुबाट डाटा लिकेज हुने भएको हुँदा त्यसबाट जोगिनु पर्छ, आधिकारिक वा वेवएड्रेसहरु खोल्दा सुरक्षित छान्नुपर्छ ।’

उनले भने,‘जस्तै तपाईको भाग्य कस्तो छ ? तपाईलाई मन पराउने कति छन्, यस्ता कुराहरु भएको कुनै पनि लिन्कहरु खोल्नु हुँदैन, खोलि हाले पनि फेशबुकको सेटिङमा गएर एफ्मा गएर फेशबुकमा लगईन गरेका सबै एफ्स रिमुभ गर्नुपर्छ।’



प्रतिक्रिया दिनुहोस्