Logo

दुर्घटनामा २० वर्षीया युवतीको मृत्यु



बनेपा, २२ पुस । एउटै दिशाबाट आउँदै गरेको टिपरले स्कुटीलाई ठक्कर दिँदा आज बनेपामा एक युवतीको मृत्यु भएको छ । काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ४६४९ नंको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ५५ प ३७२५ नंको स्कुटीलाई ठक्कर दिँदा कञ्चनपुरको शुक्लाफाँटा – ८ निवासी २० वर्षीया स्कुटी चालक विमला ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएकी ठगुन्नाको शिरमेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । सो दुर्घटनापछि अवरुद्ध भएको अरनिको राजमार्ग खुलाउन प्रहरीले ६ सेल अश्रृग्यास प्रहार गर्दा केहीबेर तनाव भएको थियो । तर अहिले स्थिति नियन्त्रणमा आइसकेको र राजमार्ग सञ्चालन भइसकेको प्रहरीले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्