Logo

विद्यालय निर्माणको लागि जग्गादान



रसुवा, २२ पुस । दक्षिणी रसुवाको माझगाउँस्थित प्राथमिक विद्यालयको भवन बनाउन एक दाताले जग्गादान गरेका छन् । मालपोत कार्यालय रसुवाका अनुसार उत्तरगया गाउँपालिका वडा नं ५ निवासी उत्तमबहादुर थापाले भीमसेनस्थान प्राविका लागि एक आना तीन पैसा दुई दाम जग्गा दान दिनुभई दानपत्रको लिखित पारित भइसकेको छ ।

विसं २०४८ देखि माझगाउँमा विद्यालय सञ्चालनमा आए पनि जग्गाको अभावले भवन बन्न नसकेको र भूकम्पपछि पुनःनिर्माणमा विद्यालयले पाउने सुविधाबाट वञ्चित भएकाले रु दुई लाखभन्दा बढी मूल्य पर्ने जग्गा दान गरिएको जग्गादाता थापाले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्