Logo

कर्णाली प्रदेशको मूख्यमन्त्री कर्णाली कै प्रतिनिधि हुनुपर्छ : सांसद रावत



काठमाडौं, २२ पुस । कालिकोटबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दुर्गबहादुर रावतले कर्णाली प्रदेशको मुख्यमन्त्री कर्णाली कै प्रतिनिधि हुनुपर्ने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालमा कर्णाली मिडिया सेन्टरले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै सांसद रावतले आर्थिक, सामाजिक, राजनीतिक, प्राकृतिक रुपमा कर्णाली प्रदेशको राजधानी कर्णाली कै प्रतिनिधि हुनुपर्ने धारणा राखेका हुन ।

उनले भने, ‘कर्णाली विगतका शासकहरुबाट निरन्तर ठगिदै आएको छ, अब हामीले कर्णालीका माग र मुद्धाहरुलाई लिएर सम्झौता गर्दैनौं, कर्णाली प्रदेशको मुख्यमन्त्री कर्णालीकै व्यक्ति हुनुपर्छ, नाम एउटा काम अर्को मलाई स्वीकार्य हुँदैन, कर्णालीका जनतालाई पनि स्वीकार्य छैन्, कर्णालीको दुःख कर्णालीको प्रतिनिधिले बुझेको हुन्छ, मेरो माग कर्णाली प्रदेशलाई छुट्टै प्रदेशको रुपमा घोषणा गर्नुपर्छ भन्ने हो ।’

उनले अघि थपे, ‘भारतमा संघीयता लागुगर्दा खेरी १४ वटा संघीय प्रदेश थिए, अहिले बढेर २९ राज्यमा विस्तार भएको ईतिहास छ, हाम्रो संविधान पनि संशोधन गर्नमिल्ने छ, हाल जे सुकै भएपनि पाँच वर्षभित्र कर्णालीलाई छुट्टै प्रदेशको रुपमा विकास गर्नुपर्छ ।’

सांसद रावतले जल, जैगल, जमिन र यूवाहरुको लगानीमा आगामी १० वर्षभित्र कर्णालीलाई मुलुक कै नमुना प्रदेशको रुपमा विकास गरिने बताए ।
त्यस्तै कालिकोट प्रदेश सभा ‘ख’ का सांसद महेन्द शाहीले प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा आाफ्नो दाबि नरहेको स्पष्ट पारेका छन् ।

उनले भने, ‘हाल समय बदलिएको छ, वाम गठबन्धनको सरकार बन्ने निश्चित भएपनि प्रदेशको मुख्यमन्त्रीको बारेमा छलफल भएको छैन्, म स्वयम मुख्यमन्त्री बन्न सक्छु, अरु कोही बन्न सक्छ, एमाले र माओवादी केन्द्रबीचमा यसका बारेमा छलफल हुन्छ र त्यसैको आधारमा यसको बारेमा आधिकारिक निर्णय हुन्छ ।’

प्रदेश नम्बर ६ को प्रादेशिक राजधानी कहाँ उचित हुन्छ ? भनेर सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा प्रदेश सभाले त्यसको बारेमा निर्णय गर्ने बताए । उनले भने, ‘मेरो व्यक्तिगत तर्फबाट प्रदेश नम्बर ६ को राजधानी मेरो घरमा हुनुपर्छ भन्नेमा छु ।’

विना विभागीय मन्त्री समेत रहेका शाहीले ईतिहासले दिएको जिम्मेवारीलाई ईमान्दरीताकासाथ पालना गरिएको खण्डमा नेपालको विकास हुनलाई धेरै समय नलाग्ने दाबि गरे ।

उनले भने, ‘हाम्रा छिमेकि राष्ट्रको एक प्रदेश जत्रो देश छैन्, राजनीतिकदल र नेता कार्यकर्तासँगै जनता ईमान्दार हुने हो भने विकास गर्न धेरै समय लाग्दैन ।’ कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले कर्णालीको विकास र समृद्धिको आफूले जुनसुकै साथ सहयोग गर्ने बताएका छन् ।

उनले भने,‘रिपोर्टर्स क्लबले कर्णालीको बारेमा निरन्तर वहस गर्दै आईरहेको छ, आगामी दिनहरुमा पनि हामी तपाईको साथमा छौँ, विगतका चुनावहरुमा पनि रिपोर्टर्स क्लब नेपालले अभियान सञ्चालन गरेको थियो साथ दिएको थियो, आगामी दिनमा पनि साथ दिनेछ ।’

उनले अघि थपे,‘महेन्द्र शाही जस्तो जल्दो बल्दो यूवा नेता मूख्यमन्त्रि हुँदै प्रधानमन्त्री हुनुपर्छ मेरो शुभकामना छ, त्यस्तै दुर्ग बहादुर रावत आगामी बन्ने सरकारमा मन्त्री बन्नुपर्छ अनि मात्रै कर्णालीको विकास हुन्छ, अहिलेसम्म कर्णालीबाट प्रधानमन्त्री बन्ने आँट राख्ने मानिस जन्मेको छैन् अब महेन्द्र जीले त्यो साहस गर्नुपर्छ।

त्यस्तै कर्णाली मिडिया सेन्टरका अध्यक्ष नारायण गिरीले कर्णालीको विकास र समाजिक स्वामित्वको आधारलाई हरेर प्रदेश नम्बर ६ को राजधानी तोक्न सरकारसँग माग गरेका छन् ।

तस्बिर – मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्