Logo

जोर्नी प्रत्यारोपण परिवारको प्रथम भेला सम्पन्न



शनिवार २२ पुस । ग्राण्डी अन्तर्रांष्ट्रिय अस्पतालमा जोर्नी प्रत्यारोपण परिवारको प्रथम भेला तथा अन्तरक्रिया सम्पन्न भएको छ ।आफ्नो सेवा संचालनको पाँचौं बर्ष प्रबेश गरेको उपलक्षमा अस्पतालको अर्थोपेडिक तथा ट्रमाटोलोजी बिभाग अन्तर्गतको जोर्नी प्रत्यारोपण,स्पोर्टस् मेडिसिन तथा आर्थ्रोस्कोपी युनिटले आयोजना गरेको सो भेलामा जोर्नी प्रत्यारोपण गरेका बिरामीहरु र जोर्नी प्रत्यारोपणमा सहभागि चिकित्सक तथा नर्सिङ स्टाफहरु सहभागि भएका थिए ।

ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालको अर्थोपेडिक तथा ट्रमाटोलोजी बिभागले अस्पतालको सेवा सुभारम्भ गरेसँगै जोर्नी प्रत्यारोपण सेवा समेत शुरु गरेको थियो ।
ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर तथा वरिष्ठ हाडजोर्नी, आर्थ्रोस्कोपि, स्पोर्ट्स मेडिसिन तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ डा. चक्रराज पाण्डे नेतृत्वको टिमले सो अस्पतालमा बिगत पाँच वर्षदेखि आर्थोप्लास्टी अर्थात जोर्नी प्रत्यारोपण गर्दै आइरहेको छ । डा. पाण्डेले बिगत २१ बर्षदेखी निरन्तर रुपमा सफल जोर्नी प्रत्यारोपण गर्दै आउनुभएको छ ।

बढ्दो उमेरसँगै जोर्नीहरु खिइने र बिग्रने , चोटपटक लागेर जोर्नी फुट्ने र कसै कसैमा जन्मजात भएको खराबिका कारण जोर्निको समुचित बिकास नहुने लगायतको अवस्थामा जोर्नी प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

यस्तो अवस्थामा फिजियो थेरापी तथा औषधिहरुको प्रयोग गरिसकेपछि पनि उपचार नभएको अवस्थामा जोर्नी प्रत्यारोपणको बिकल्प रोज्नुपर्ने डा. पाण्डेको भनाई छ । जोर्नी प्रत्यारोपणमा कृतिम जोर्नीलाई शल्यकृयाको माध्यमबाट प्रत्यारोपण गरिन्छ जसले बिरामीलाई झण्डै पहिलेकै अवस्थामा समान्य र उत्पादनशिल जिवनमा फर्काउन मद्दत गर्ने उहाँको भनाई छ । सामान्यतया जोर्नी प्रत्यारोपण गरेपछि त्यसले १५ देखि ३० वर्षसम्म काम गर्छ ।

शल्यक्रियाको माध्यमबाट बिग्रिएका जोर्नी पुनर्स्थापना गर्ने प्रक्रियालाई आर्थोप्लास्टी भनिन्छ । डा. पाण्डेका अनुसार आर्थोप्लास्टीका लागि उमेरको हदबन्दी हुँदैन । ग्राण्डी अस्पतालमा जोर्नी प्रत्यारोपण गर्ने २१ देखि ८३ वर्ष उमेरसम्मका छन् । यसरी जोर्नी प्रत्यारोपण गराउनेहरूमध्ये ७० प्रतिशत उपत्यकाबाहिरका रहेको र तीमध्ये पनि धेरैजसो महिला भएको डा. पाण्डेको भनाई छ ।

हामीले अस्पताल संचालन भएको पाँच वर्षको अवधिमा सयौं जनाको घुँडा तथा नितम्ब प्रत्यारोपण गरिसकेका छौँ । यहाँ सहरका सम्पन्न हरुमात्र नभएर मध्यम वर्गीय मानिसहरु प्रत्यारोपणका लागि आउने गर्नुभएको छ । त्यसैगरी बिदेशमा बस्ने नेपालीहरु जोर्नी प्रत्यारोपणकै लागि ग्राण्डी आउनेहरुको संख्यापनि उल्लेख्य रहेको डा. पाण्डेको भनाई छ । ‘अस्पतालमा आउँदा ह्वील चेयरमा आउनुभएका बिरामीहरु प्रत्यारोपणपछि हिँड्नसक्ने भएर घर फर्कने गरेका छन् ।’ डा. पाण्डेले थप्नुभयो ।

जोर्नी प्रत्यारोपण गरेपछि पलेंटी मारेर नबस्न, टुक्रुक्क नबस्न, रुख नचढ्न तथा शरीरलाई धेरै भार पार्ने काम नगर्न र खानपिनमा ध्यान दिएर शरीरको तौल नियन्त्रणमा राख्न उहाँको सल्लाह छ ।

जोर्नी प्रत्यारोपणका लागि पहिले भारत लगायतका बिदेशी मुलुकमा जाने गरेका नेपालीहरुमध्ये अधिकांश हाल ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा नै आउने गरेका छन् । ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा अत्यन्त अनुभबि चिकित्सकहरुले विश्वस्तरिय अत्याधुनिक उपकरण तथा अपरेशन थिएटरमा जोर्नी प्रत्यारोपण गर्ने भएकोले यसको सफलता दर पनि अत्यन्त उच्च रहेको छ ।

अस्पतालमा रहेको ल्यामिनर एयर फ्लो र हेपा फिल्टर सहितको मोड्युलर अपरेशन थियटर त्यसैगरी अस्पतालमा संचालित एन्टिमाइक्रोबियल स्टिवर्ड्सिप तथा इन्फेक्सन कन्ट्रोल कार्यक्रम , दक्ष तथा अनुभबि चिकित्सक तथा नर्सिङ स्टाफ, फिजियो थेरापिष्ट जोर्नी प्रत्यारोपणलाई सफल बनाउन अत्यन्त महत्वपूर्ण भुमिका खेलेका छन् ।

त्यसैगरी अप्रेशनपछि सघन उपचार आवश्यक भइहालेको खण्डमा पनि दक्ष तथा अनुभवि चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा उपचार हुने बिश्वस्तरको सुबिधासम्पन्न आइसियु पनि रहेको हुनाले बिरामीको सर्बपक्षिय उपचार सम्भव हुने गरेको छ ।

नेपालमा नै बिदेशका ठुला अस्पतालहरुको झैं जोर्नी प्रत्यारोपण सेवा उपलब्ध भएपछि आफुहरुले निकै राहत महशुस गरेको सेवाग्राहीहरुको भनाई छ । जोर्नी प्रत्यारोपण पछि हामी अपाङ्गताबट मुक्त भएर सहज रुपमा हिँडडुल गर्न सक्ने भएका छौं । दुईबर्षअघि ग्राण्डी अस्पतालमा जोर्नी प्रत्यारोपण गराउनु भएकी काभ्रेकी ६८ बर्षिय सन्चमायाँ तामाङले आफ्नो अनुभव सुनाउनु भयो ।

विश्वस्तरीय अस्पताल नियमक निकाय ‘जोइन्ट कमिसन इन्टरनेशनल’ जेसीआईको मापदण्डअनुसार सन् २०१० मा बनेको ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा विश्वस्तरीय अत्याधुनिक उपचार उपकरणहरू उपलब्ध छन् ।

जसको प्रयोगबाट थुप्रै मेडिकल सर्जिकल र डायग्नोस्टिक सेवाहरु सहज रुपमा उपलब्ध हुने गरेको छ । नवीन प्रविधिका उपकरणहरु, दक्ष तथा अनुभवी डाक्टरहरू, नर्सिङ स्टाफ एवं कर्मचारीहरूको राम्रो तालमेलका कारणले ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पताल आज मुलककै सबैभन्दा उपयुक्त उपचार गन्तव्यको रुपमा समेत स्थापित भइसकेको छ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताललाई बिज्ञान र प्रबिधिको साथै बिरामी केन्द्रित उपचार सेवामा रुपान्तर गर्न यस अस्पतालका संचालक, शेयर होल्डर तथा ग्राण्डी अस्पताल परिवार लागि परेका छन् ।



प्रतिक्रिया दिनुहोस्