Logo

कालिकोट टेक्निकल फोरमद्धारा बाग्मती सफाई



काठमाडौं, २२ पुस । कालिकोट टेक्निकल फोरमले बागमती सफाई महाअभियानको २३३ औँ हप्ताको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
राजधानीको कोटेश्वर स्थित महादेव मन्दिर नजिक सरसफाई गरेको संस्थाका अध्यक्ष जीवन सुवेदीले बताए ।

उनले भने,‘ हाम्रो संस्था सामाजिक भएकाले शुरुवात सरसफाईबाट गरेका छौँ, आगामी दिनहरुमा यस्ता क्रियाकलापहरुलाई निरन्तरता दिने छौँ ।’
सरसफाई कार्यक्रममा कालिकोट टेक्निकल फोरम लगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिध तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्