Logo

निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट



काठमाडौं २३ पुस । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र महालेखा परीक्षक टंकमणि शर्मालाई आयोगमा बोलाएर छलफल गरेका छन् ।

तीन चरणको निर्वाचन सकेकौ मौकामा शुक्रबार साँझ प्रमुख निर्वाचन आयाक्त यादवको निमन्त्रणामा अख्तियार प्रमुख बस्न्यात र महालेखा परीक्षक शर्मा आयोग पुगेका हुन् ।

आर्थिक अनियमितता छानविन गर्ने अख्तियार र लेखापरीक्षण गर्ने छुट्टाछुट्टै जिम्मेवारी बोकेका दुई संवैधानिक निकाय प्रमुखलाई प्रमुख निर्वाचन आयुक्त यादवले आयोगमै बोलाउनुलाई शंकास्पद रुपमा हेरिएको छ ।

तीनजनाबीच आयोगमा के विषयमा छलफल भयो भन्ने गोप्य राखिएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले अनौपचारिक भेटघाट भएको बताए ।

‘चिया, कफि गफ हो । एकदुई महिनामा यसरी भेट हुने प्रचलन छ’, उनले भने । -नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्