Logo

सिंहदरबारको छतमा हुर्किरहेका बालक !



काठमाडौं २४ पुस । सिंहदरबार परिसरभित्र युवा तथा खेलकुद मन्त्रालयको भवन । तयसको छतमा जस्ता र कपडाले बारेर बनाईएको सानो कटेरो । १४ पुसमा ४ महिना टेकेका दीपसागर राई पछिल्लो एक महिनादेखि त्यही कटेरोमै छन् ।सिंहदरबारभित्रको एउटा मन्त्रालयको छतमा सिंगो दिन बिताउने बालक को होलान् ?  चासो सबैको हुन सक्छ । यसको पछि लुकेको बाध्यताको कथा सुन्दा जो कोहिको मन भने छुन्छ ।

मन्त्रालयमा ७ बर्षदेखि कार्यालय सहयोगीको रुपमा कार्यरत रश्मी राईका छोरा हुन् दीपसागर । जो आमो छातीमा टाँसिएर हरेक दिन मुलुकको प्रशासनि मुख्यालय पुग्छन् । त्यसपछि आमा दिनभर कार्यालयको काममा व्यस्त हुन्छिन् भने दीपसागर छतको एउटा कुनामा ओल्टो कोल्टो गरिरहन्छन् ।  पुको कठ्याँग्रिदो चिसोमा पनि छोरालाई छतमा राख्नु रश्मीको रहर भने होइन ।

छोरा जन्मेपछिद उनी २ महिना विदा बसिन् । त्यसपछि पनि कार्यालय नजाँदा करारको जागिर जाने डरले उनी दुईमहिने नाबालक च्यापेर मन्त्रालय जान थालिन् । त्यसयता हरेक दिन विहान करिव ९ बजे उनी अनामनगरस्थित डेराबाट छोरा र उनलाई चाहिने एक झोला सरसामान बाकेर मन्त्रालय धाउँछिन् ।, कान्तिपुरमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्