Logo

मिर्गौला पीडितलाई आर्थिक सहयोग



भद्रपुर, २९ पुस । शिव कुँवर बचाऔँ अभियानले आफूले संकलन गरेको आर्थिक सहयोग रु ११ लाख मिर्गौला पीडित शिव कुँवरका पिता कृष्णलाई शुक्रबार हस्तान्तरण गरेको छ ।

यसैबीच झापाको ज्यामिरगढी स्वास्थ्य चौकीमा शुक्रबार अर्थोपेडिकसम्बन्धी एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । निःशुल्क औषधि वितरण गरिएको शिविरमा ३५० रोगीले स्वास्थ्य लाभ लिए । शिविरमा अर्थोपेडिक अस्पतालका डा अनिल घिमिरे, प्रकाश ज्ञवाली, मन्दीप कार्की र फर्मासिष्ट चन्द्रज्योति शाक्यको सहयोग रहेको थियो ।

त्यसैगरी झापा जिल्ला कारागारका केही बन्दीका लागि पनि स्वास्थ्य शिविर सञ्चालन गरिएको रोटरियन विगत ओझाले जानकारी दिनुभयो । नेपाल अपांग संघ, खगेन्द्र नवजीवन केन्द्र झापा, रोटरी क्लब अफ भद्रपुर र मारबाडी महिला मञ्च भद्रपुरको आयोजनामा सम्पन्न शिविरमा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौँको प्राविधिक सहयोग रहेको नेपाल अपांग संघ झापाका अध्यक्ष धनजुुजु श्रेष्ठले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्