Logo

नेपाली चलचित्र जगतमा रोजको राज



झट्ट हेर्दा गोरो, सुकिलो र सानो कदको सामान्य ठिटोजस्तो देखिन्छ उहा“लाई । मिजासिलो बोलीले सम्बोधन गर्ने र सबैको भनाइ धैर्यतापूर्वक सुन्ने यी पात्रलाई सुरुमा भेट्दा नजिकबाट नचिन्ने व्यक्तिले समय बिताउन हिँडेको गन्तव्यहीन यात्री ठान्छन् । तर, यो अनुमान पूरापूर गलत हुन्छ । उहा“ आफ्नो संकल्प, लक्ष्य र उद्देश्यप्रति सदा दृढ हुनुहुन्छ । यही भएर होला– उहा“का लागि सेकेन्ड÷सेकेन्ड समयको महत्व छ । उहाँस“ग भेटघाट तथा जमघट गर्ने व्यक्ति साधारणदेखि राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरका समेत हुन्छन् । भनाइ नै छ– ‘बिहानीले दिनको संकेत गर्छ ।’ हुन पनि अपवादबाहेक दिन कस्तो होला भन्ने छनक बिहान नै पाइन्छ । हो– उहाँको हकमा समेत यही लागू भएको छ । भविष्यमा कुन पेशा अँगाल्नुहोला ? कस्तो बाटो रोज्नुहोला वा के बन्नुहोला ? भन्ने आँकलन त्यतिबेला नै भएको हो–

जतिबेला उहाँ काँचो माटोजस्तै ५÷६ वर्षको बालक हुनुहुन्थ्यो । र, पनि खेलकुद तथा कलाकारिता क्षेत्रमा निरन्तर प्रतिबद्ध–समर्पितसमेत हुनुभयो । यसैको परिणाम त आज उहाँले सफलताको दर्जा पाउनुभएको छ । लगनशील, परिश्रमी, जोसजाँगर एवं इच्छाशक्तिका धनी, समाजसेवी, राजनीतिकर्मी, उमेरको अनुपातमा आफ्नो पेशागत क्षेत्रमा शिखर चढ्नुभएका, नेपाली सिने जगत्का मूर्धन्य व्यक्ति, सफल कलाकार, नायक, निर्माता एवं निर्देशक तथा नेपाल चलचित्र निर्माता संघका हालका महासचिव रोज राणाको प्रसंग हो यो ।

रोजको जन्म विक्रम सम्वत् २०३९ असोज २० गते नेपालको मध्यपश्चिम प्युठान जिल्लाको धर्मावती गाउँ पञ्चायत वडा नं. ३ (हालको प्युठान नगरपालिका–८) मा भएको हो । उसो त गाउँको जन्नेमान्ने–खान्दानी परिवारमा जन्मनुभएका रोजको बाल्यकाल साथीसंगीको तुलनामा अलि पृथक् र सोखिन रह्यो । ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैं सानैदेखि तीक्ष्ण बुद्धि, चनाखो–जिज्ञासु स्वभाव, अध्ययनमा अब्बल र प्रतिभाका धनी उहाँलाई त्यस्तै ५÷६ वर्षको उमेरमा घरबाट पैदल १० मिनेटको दूरीमा पर्ने एउटा प्राथमिक विद्यालयमा भर्ना

गरियो । त्यहाँ उहाँले ५ कक्षासम्म अध्ययन गर्नुभयो । त्यसपछि भने आधा घण्टाजति टाढा रहेको वागदुलास्थित श्री जनता माध्यमिक विद्यालयमा जान थाल्नुभयो । ‘घरको कान्छो छोरो भएर होला– मैले कुनै काम गर्नुपरेन, बिहान उठ्यो, नित्यकर्म सकी खाजा खाएर पढ्ने र खेल्ने बानी थियो’ उहाँ आफ्नो विगत स्मरण गर्नुहुन्छ– ‘कलाकारिता र खेलकुद भनेपछि चाहिँ सानैबाट हुरुक्क हुन्थें ।’ र त सितोरियो कराँते, भलिबल अनि नृत्य उहाँको बच्चैदेखिको सोख–बिधा बन्यो । कक्षा ५–१० अध्ययनरतताका आयोजना हुने विद्यालय, अन्तरविद्यालय, इलाका, क्षेत्रीय तथा जिल्लास्तरीय दौड र नृत्य प्रतियोगितामा सदा प्रथम स्थान हासिल गरेर वीरेन्द्र शिल्ड पुरस्कार हात पारेको ती क्षण रोजको मानसपटलमा अझै ताजा छ । अर्कातर्फ थोरै समय पढ्ने तर पढेको पूरापूर सम्झने खुवी उहाँमा थियो । त्यो

समयमा गाउँका अधिकांशको आम्दानीको मुख्य स्रोत भनेकै कृषि र पशुपालन थियो । यद्यपि रोजका बुबा खड्गबहादुर भने अँग्रेजी शिक्षक पनि हुनुहुन्थ्यो । त्यसमाथि उहाँहरूको नगद–जिन्सी आयस्रोत त मनग्गे भइहाल्यो । यस अर्थमा रोज परिवारलाई आर्थिक अभावको कुनै अनुभूति भएन । यस्तै÷यस्तैमा वि.सं. २०५८ मा उहाँले राम्रो अंक ल्याएर जनताबाटै एसएलसी पास गर्नुभयो ।

अब भने रोजको दैनिकीमा केही परिवर्तन आयो । उच्च शिक्षा अध्ययनका लागि उहाँ राजधानी भित्रिनुभयो । र, काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस भर्ना हुनुभयो । अनि नेपाली र राजनीतिशास्त्र मुख्य विषय लिएर अध्ययन अघि बढाउनुभयो । सँगसँगै राष्ट्रिय कला मन्दिर अनामनगरमा नृत्य प्रशिक्षणसमेत लिन थाल्नुभयो भने खेललाई पनि निरन्तरता दिँदा ‘ब्लाकबेल्ट’ उपाधि पाउनुभयो । उति टाढाबाट आएर कसरी त्यति छिट्टै काठमाडौंमा घुलमिल हुने, जम्ने वातावरण बन्यो त ? भन्ने जिज्ञासामा रोज भन्नुहुन्छ– ‘मेरा

लागि राजधानी नौलो थिएन, त्यसमाथि पनि ज्ञानेश्वरमा दिदी सोफिया बस्नुहुन्थ्यो । उहाँकै रेखदेखमा आफूले सोचेको–चाहेको बाटो अघि बढ्ने मौका–सौभाग्य जु¥यो ।’ एउटा रमाइलो पाटो त के भने सानै उमेरमा धेरै चलचित्र हेरेको भन्दै रोज र उहाँका साथी हिमाल तथा पशुपतिलाई स्कुलले त्यतिबेला नै ‘अब हेर्न निषेध’ कारबाही गरेको थियो । ‘त्यो बेलासम्म मैले ३५÷४० वटा हिन्दी र ८÷१० वटा नेपाली फिल्म हेरिसकेको थिएँ’ उहाँ हल्का मुस्कान दिनुहुन्छ– ‘नायकमा सञ्जय दत्त र राजेश हमाल अत्यन्त मन पर्दथ्यो ।’ शायद त्यही

भएर होला– रोजले उहाँहरूको पथ पछ्याउन थाल्नुभयो । प्रसंग वि.सं. २०५९ को हो– यत्तिकैमा एक दिन केही आर्थिक लगानीसहित ‘अ गुड फ्रेण्ड’ नामक नेपाली चलचित्रमा अभिनय गर्न उहाँलाई प्रस्ताव आयो । सहर्ष स्वीकार पनि गर्नुभयो । साथी विपिन जीसीसँग मिलेर काम त गर्नुभयो तर, बिडम्बना त्यो चलचित्र बाहिर आउन सकेन । तथापि रोजले हरेस खानुभएन । भगवान्ले समेत ‘तिमी आँट म पु¥याउँछु’ भन्छन् रे । हुन पनि शिखर चुम्ने असल सोच–विचार राख्ने मानिसले सबैको साथ–सहयोग पाउँछन् नै ।

फेरि जो कसैले आफ्नो लक्ष्य र गन्तव्यमा पुग्नका लागि सपना, उद्देश्य अनि योजना बनाउनै पर्छ । यतिमात्रै होइन– त्यसका लागि निरन्तर लगनशील भएर हरपल मेहनत गर्नैपर्छ । अनि पो ढिलाचाँडो सफल होइन्छ । ठीक यही नीति अवलम्बन गर्नुभयो उहाँले । र त स्नातक तह दोस्रो वर्षमा अध्ययन गर्दै गर्दा वि.सं. २०६१ मा उहाँले चलचित्र ‘दादागिरी’ निर्माण गर्नुभयो, त्यो सुपरहिट भयो । नहोस् पनि कसरी ? राजेश हमाल, विराट भट्ट, धिरेन शाक्य, गणेश उप्रेती, रेखा थापा, विपना थापा, सज्जा मैनालीलगायत त्यतिबेला चर्चाको शिखरमा रहेका

कलाकारले अभिनय गरेको चलचित्र थियो ‘दादागिरी’ । ४० लाखको हाराहारीमा बनेको त्यो चलचित्रले धेरैलाई चर्चामा ल्यायो । रोज गौरव गर्नुहुन्छ– ‘चलचित्र त पुरस्कृत भइहाल्यो, त्यसका अतिरिक्त राजेश हमाललाई उत्कृष्ट अभिनेताको उपाधि दिलायो भने विराज भट्टलाई यस क्षेत्रमा स्थापना गरायो अनि राजेन्द्र खड्गीले द्वन्द्वतर्फ पुरस्कार पाउनुभयो ।’ अनि वि.सं. २०६३ मा ‘डन’ र अरु क्रमशः ‘दोस्ती’, ‘खलनायक’, ‘टक्कर दुई मुटुको’, ‘म छु नि तिम्रो’, ‘जय परशुराम’, ‘मेरो पैसा खोई’ आदि चलचित्र निर्माण गर्नुभयो– जसमध्ये ‘टक्कर दुई मुटुको’ मा उहाँ आफैं नायकको भूमिकामा हुनुहुन्छ । यसैगरी ‘टक्कर दुई मुटुको–२’ पनि अब छिट्टै निर्माण गर्ने तयारीमा हुनुहुन्छ रोज । ‘त्यसमा पनि म नायक रहन्छु’ उहाँको कथन छ ।

त्यसो त रोजले आफ्नो मात्रै होइन– अरुले निर्माण र निर्देशन गरेका चलचित्रमा पनि सफल नायकको भूमिका निर्वाह गरिसक्नुभएको छ । कतिपय अरुले निर्माण गरेको चलचित्रको निर्देशनसमेत गर्नुभएको छ उहाँले । तब न विशेषतः अभिनय, निर्देशक तथा निर्माता गरी तीन विधामा अब्बल मानिनुहुन्छ उहाँ । हो– यसरी नेपाली फिल्म उद्योगमा रोजले पाइला चालेको अहिले १५ वर्ष भइसकेको छ । यो दौरानमा विभिन्न संघ–संस्थाहरूबाट उहाँले असंख्य सम्मान–पुरस्कार हाता पार्नुभएको छ । यस्तै ठाउँ–ठाउँमा हुने सिनेसम्वन्धी

प्रतियोगिताहरूमा निर्णायकको जिम्मा उहाँको काधमा आउने गरेको छ । यही अनुभव र दख्खलले गर्दा नै उहाँ केही समयअघि नेपाल चलचित्र निर्माता संघको उपाध्यक्ष बन्नुभयो भने हाल महासचिव हुनुहुन्छ । त्यस्तै नेपाल कलाकार संघको मानार्थ सदस्य र निर्देशक समाजको पनि आजीवन सदस्य हुनुहुन्छ उहाँ । राजनीतिक क्षेत्रमा पनि सक्रिय उहाँ गृह जिल्ला प्युठानको नेपाली काँग्रेसको क्षेत्रीय सभापति रहनुभएका छ भने खस क्षेत्री समाजको वर्तमान महासचिव हुनुहुन्छ । यतिमात्रै होइन– सहयोगी भावनाले ओतप्रोत रोज अन्य थुप्रै सामाजिक संघ–संस्थामा पनि आबद्ध हुनुहुन्छ । र त बेजोड कला तथा अब्बल अभिनयका धनी मानिने उहाँको सक्रियता अनि प्रगतिको बखान गर्न जोकोही पनि बाध्य छन् ।

रोजको लगनगाँठो भने जनकपुरको रघुनाथपुर– ५ (हाल सबैला नपा–१२) स्थायी ठेगाना भई काठमाडौं बस्दै आउनुभएकी उपमा केसीसँग वि.सं. २०६४ मंसिर १८ गते कस्सिएको हो । ‘सामान्य देखभेट र चिनजान त नक्सालमा पहिल्यै भएको हो, तर पछि दिदी–भिनाजुमार्फत मागी विवाह भयो’ उहाँ थप्नुहुन्छ– ‘जे होस् प्रेम र मागी दुवै भन्दा हुन्छ ।’ पेशाले उपमा फेसन डिजाइनर हुनुहुन्छ । हाल रोज–उपमाका ४ वर्षीय छोरा हुनुहुन्छ– रेदांश रोजजंग । उहाँ नर्सरी तहमा अध्ययनरत हुनुहुन्छ । हाल उहाँहरू काठमाडौंको ज्ञानेश्वरमा बस्नुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्