Logo

सबै मिलेर हाइड्रो पावर निर्माण गर्नुपर्छः मेयर सापकोटा



कौरव खत्रीः गुल्मी ३० पौष । गुल्मीको परोपकार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, मुसिकोट नगरपालिका वडा नं. ७ वामी र १२ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले सहकारीले सञ्चालन गरेको विद्युतलाई वृद्धि हाइड्रो पावर उत्पादन गर्ने श्रोत भएको हुदा यसमा सबै मिलेर जानुपर्ने बताए ।

प्रमुख अतिथि समेत रहनुभएका मेयर सापकोटाले सहकारी भनेकै पुंजी निर्माण गरेर पुंजीको उचित परिचालन गदै अन्य निजि तथा वित्तीय संस्थाले भन्दा पनि उपभोक्क्ताहरुलाई सरल र सहज तरिकाले सस्तो व्याजदरमा ऋण प्रदान गदै सहकारी सबैको साझा संस्था भएकोले संस्थामा बचत बढाउन समेत आग्रह गरे ।

साथै मेयर सापकोटाले सहकारी मार्फत सञ्चालित जलविद्युतलाई आवश्यक सहयोग र थप व्यवस्थित र नियमित बनाउन नगर तयार रहेको प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा संस्थाका उपाध्यक्ष एवम् वडा अध्यक्ष प्रकास काफ्ले सहकारी शिक्षामा जोड दिदै सहकारीले उत्पादनमुलक र आयआर्जनमुलक कार्यक्रमहरु सञ्चालन गर्न जोड दिदै स्थानीय सरकार जनताको घरदैलो नजिक आएकोले नगरले यस्ता रोजगारी सिर्जना गर्ने खालका कार्यक्रमहरु ल्याएको हुदा यस्ता सेवा सुविधाहरु उपभोग गर्न जनताहरुलाई आग्रह गरेका छन् ।

वक्ताहरुले सहकारी मार्फत सामाजिक परिवर्तन सम्भव हुने भन्दै सवै सदस्य सचेतता पुर्वक लाग्न आग्रह गरेका छन् । कार्यक्रम सहकारीका अध्यक्ष धर्मेन्द्र कुमार मल्लले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गनुभएको थियो । भने लेखा समिति सदस्य लिलाधर घिमिरेले ५ करोड, ४९ लाख, ८५ हजार, १ सय, ६० रुपैया बरावरको पूंजी सहित आर्थिक कारोवार रहेको लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

२०४९ सालमा ३६ जनाबाट सुरु भएको सहकारी संस्थामा गुल्मीको मुसिकोट नगरपालिका र बाग्लुङ्गको वडिगाड गाँउ पालिका गरि हाल १ हजार ९ सय, १५ जना शेयर सदस्यहरु रहेका छन् । संस्थाले विद्युतको क्षेत्रमा आर्थिक लगानी गरेर १ सय, ३५ किलोवाट क्षमताको विद्युत उत्पादन र लागी सदस्यहरुलाई बचत तथा ऋण प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्