Logo

नर्सहरुको आन्दोलनले सयौ विरामी समस्यामा



काठमाडौं १ माघ । नर्सहरु आन्दोलनमा उत्रिएपछि समस्या भएको छ । आन्दोलनरत नर्सहरुले एक घन्टा काम छोडेका विरोधमा उत्रिएका छन् । कारण देशैभरि नर्सिङ सेवा ठप्प भएको छ । घोषित आन्दोलन अनुसार उनीहरुले बुधबारदेखि नै हातमा कालोपट्टी बाँधेर सेवा दिदा सुनुवाई नभएपछि सेवा नै ठप्प पारिउका् हो ।

उनीहरुले मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनासर्त अविलम्ब पुनर्बहाली, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनर्स्थापना, जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिन नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू गरिनुपर्ने लगायतका माग राखेका छन् । आजदेखि उनीहरुले तीन घण्टा काम नगर्ने बताएका छन् । आजदेखि १० गतेसम्म ३ घन्टा ड्युटी छाड्ने उनीहरुले चेतावनी दिएका छन् । सयौ विरामी मकोमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot