Logo

बुवा आमाको स्मृतिमा जनजागृतिलाई ५ लाख आर्थिक सहयोग



कौरव खत्रीः बाग्लुङ्ग, ५ माघ । बाग्लुङ्गको जनजागृति माध्यमिक विद्यालयको लागि एकै परिवारले ५ लाख भन्दा बढिको आर्थिक सहयोग गरेका छन् । गल्कोट नगरपालिका वडा नं ८ काँडेबासमा रहेको जनजागृति माध्यमिक विद्यालयको लागि सोही नगरपालिका वडा नं ८ विरकोट निवासी जनजागृति माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर बुढाथोकी श्रीमति नरमायाँ बुढाथोकीको परिवारले ५ लाख आर्थीक सहयोग गरेको हो ।

हाल यूकेमा बस्दै आएका बाग्लङ्ग सेवा समाजका उपाध्यक्ष धन बहादुर बुढाथोकी र श्रीमति राजकुमारी बुढाथोकीको घर परिवारका चार भाइहरुले संयुक्त रुपमा आफ्नो स्वर्गीय बुवा गन बहादुर बुढाथोकी र स्वर्गीय आमा दुर्गी बुढाथोकीको स्मृतिमा विद्यालयको लागि ५ लाख, ६० रुपैया बराबरको विद्यालयलाई आर्थिक सहयोग गरेको माध्यमिक विद्यालयका शिक्षक सोमलाल सापकोटाले बताए ।

जनजागृति माध्यमिक विद्यालयको ६० औ बर्ष पूरा गरेको अबसरमा यहि माघ १० देखि १४ सम्म हिरक जयन्ती मनाउन लागिरहेको पूर्व सन्ध्यामा यसरी विद्यालयको लागि विभिन्न व्यक्तिहरुबाट विद्यालयलाई सहयोग हुदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot